Saturday, January 9, 2010

फेसबुक-अपराध चनाखो रहनुहोला


मनोज घर्तीमगर
 काठमाडांैस्थित उच्च घरानियाकी एक युवतीका नाममा फेसबुकमा 'कल गर्ल' देखाउने विवरणसहित एकाउन्ट देखापर्‍यो । यसैका कारण ती युवतीले बेइज्जती मात्र व्यहोरिनन्, त्यत्तिकै मानसिक दबाब पनि खेपिन् । 
 काठमाडौं, २४ पुस : इन्टरनेटमा सामाजिक सञ्जालको माध्यम 'फेसबुक' जनमानसमा जति लोकपि्रय हुँदै छ, त्यत्तिकै यसका विकृति पनि उजागर हँदै छन् । अब फेसबुक प्रयोगकर्ता अरू सजग र सचेत हुनुपर्ने देखिएको छ । पछिल्ल्ाो समय फेसबुकमार्फत अर्काको चरित्र हत्या गर्नेजस्ता अपराध हुन थालेका छन् । यसले सुरक्षा निकायलाई चनाखो मात्र बनाएको छैन, थप चुनौतीमा पारेको छ । फेसबुकबाटै आफूविरुद्ध चरित्र हत्या भएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, काठमाडौंमा हालै मात्र दुईवटा उजुरी परे । परेका उजुरीमध्ये, आफूलाई फेसबुकमार्फत बेइज्जत गरिएको भन्दै काठमाडौंकी एक उच्च घरानियाकी युवतीले हनुमानढोकामा पुगेर 'केस' दर्ता गराएकी छिन् । शारीरिक रूपमा चिरिच्याट्ट देखिने ती युवतीको नाममा कुनै एक फेसबुक प्रयोगकर्ताले एकाउन्ट खोलिदिएर 'कर्ल गर्ल'को चित्रण गर्दै सम्पर्क नम्बर फेसबुकमा अपलोड गरिदिएका रहेछन् । युवतीको सम्पूर्ण विवरण, यौनसम्पर्क गरेबापत लिने शुल्क, आफूलाई सम्पर्क गर्न सकिने समयलगायतका कुरा उल्लेख गरिएको सो 'फेसबुक एकाउन्ट'ले गर्दा आफूले बेइज्जती र तनाव भोग्नुपरेको ती युवतीले बताएकी छिन् । फेसबुकमा उल्लेख भएको टेलिफोन र मोबाइल नम्बरमा सम्पर्क गरेर थुप्रै व्यक्तिले विभिन्न प्रश्न सोधेपछि मात्र ती युवतीले आफ्नो चरित्रहत्या भएको थाहा पाइन् । आफ्नोबारे फेसबुकमा नराम्रा कुरा अपडेट गरिएको थाहा पाउनेबित्तिकै आफू सुरक्षा निकायसमक्ष आएको उनले महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रणबहादुर चन्दसँगको कुराकानीमा बताएकी थिइन् । 'बिचरी ती युवतीलाई केही थाहा छैन । उनलाई फोन गर्नेले यौनसम्पर्कबारे अनेक कुरा सोधेर हैरान पारेछन्,' एसएसपी चन्दले भने, 'केही सीप नचलेपछि हैरान भएर उजुरी दिएकी छिन् ।' त्यसैगरी, करिब एक साताअघि काठमाडौंकै एक उच्च ओहोदाका व्यक्तिको पनि फेसबुकमार्फत चरित्रहत्या भयो । ती व्यक्तिको नाममा रहेको फेसबुक आइडीमा एक साताअघि त्रिपुरेश्वर पार्टी प्यालेसमा आफ्नो ठूलो जमघट भएकाले आउन निमन्त्रणा गरिएको थियो । फेसबुकमै गरिएको निमन्त्रणाका आधारमा ती व्यक्तिका आफन्त र साथीभाइ पार्टी प्यालेसमा जम्मा भएका थिए । फेसबुकमा दिइएको समय र स्थानमा उनका आफन्त र साथीभाइ जम्मा भए पनि पार्टी आयोजना गर्ने मानिस त्रिपुरेश्वर पार्टी प्यालेसमा निमन्त्रणा गरिएको समयमा नपुगेपछि त्यहाँ सहभागी भएकाहरू अक्क न बक्क परे । र, फेसबुकमार्फत आयोजक भनिएका व्यक्तिलाई फोन गरे । पछि मात्र थाहा लाग्यो, त्यो त फेसबुकको नक्कली एकाउन्टमार्फत कुनै साइबर अपराधीले त्यत्तिकै जमघटका लागि निमन्त्रणाको नाटक गरेको रहेछ । फेसबुक पीडित ती व्यक्तिले घटनाका कारण अपमानबोध गरे । र, प्रहरीमा उजुरी दर्ता गरे । फेसबुकमा ती व्यक्तिको सम्पूर्ण विवरणसमेत समावेश गरिएका थिए । ती व्यक्तिले आफ्नो नामबाट फेसबुकमा कसैले नचाहिने काम गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकामा उजुरी त दिए, तर उनलाई यसबारे प्रहरीले कसरी कारबाही अगाडि लैजान्छ भन्ने पत्तो छैन । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, काठमाडौंका प्रहरी प्रमुख चन्दले ती दुवैजनामाथि फेसबुकको सहारामा कुनै व्यक्तिले अपराध गरेको बताए । उनले उजुरीका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको समेत जानकारी दिए । 'उजुरी दिने निकै उच्च घरानिया उच्च शैक्षिक योग्यता भएकी युवती हुन्,' एसएसपी चन्दले भने, 'निर्दोष युवतीलाई फेसबुकमा कल गर्लका रूपमा चित्रण गरिएको छ । यो प्रविधिको सहाराले गरिएको अपराध नै हो ।' एसएसपी चन्दले प्रविधिबाट मानिससम्म जानुपर्ने भएकाले ती अभियुक्तलाई पत्ता लगाउन धेरै समय लाग्ने अनुमान लगाए । 'विश्वको जुनसुकै कुनाबाट पनि फेसबुक अपडेट गर्न सकिन्छ,' उनले भने, 'त्यही भएर कहाँबाट अपलोड गरिएको हो भन्नेबारे गहन अध्ययन गर्न जरुरी छ ।' पछिल्लो समय साइबर अपराधमा वृद्धि भएपछि यसको नियन्त्रण गर्न महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले कम्युनिकेसन इन्फरमेसन टेक्नोलोजी सेल -सिआइटिसी) समेत गठन गरेको छ । यी दुई अपराध त बाहिर आएका प्रतिनिधि घटना मात्र हुन् । तर, पछिल्लो समय विभिन्न किसिमका साइबर अपराध बढिरहेका छन् । फेसबुकमा व्यस्त रहने धेरै सञ्चारकर्मी पनि फेसबुकबाट सताइएका छन् । सदुपयोगभन्दा पनि पछिल्लो समय फेसबुक गलत रूपले प्रयोग हुन थालेको छ । 'फेसबुकमा अनावश्यक म्यासेज र भिडियो आउनाले हैरान भइएको छ, सही रूपले प्रयोग गरेमा यसका धेरै फाइदा पनि छन्,' एबिसी टेलिभिजनमा क्राइम बिट हेर्ने सञ्चारकर्मी टेकराज थामी भन्छन्, 'अर्काको नाममा फेसबुकको एकाउन्ट खोलिदिएर जे पायो त्यही लेखिदिने र झुटो सूचना दिने क्रम बढेको छ । त्यति मात्र होइन, केटाले केटी बनेर केटीले केटा बनेर अनावश्यक मानसिक तनाब दिने काम पनि भइरहेको छ ।' एसएसपी चन्द आफ्नो इज्जतमा दाग लाग्न सक्ने भएकाले पनि यस्ता धेरै घटना प्रहरीमा नआउने भएकाले फेसबुकमार्फत नेपालमा पनि धेरै अपराध भइरहेको हुन सक्ने अनुमान लगाउँछन् ।

कसरी बच्ने 

 फेसबुकमार्फत बेइज्जत, बदनामी, मानहानि, चरित्रहत्या गर्ने र गलत सूचना प्रवाह गरिदिने भएकाले यसबाट बच्न फेसबुक प्रयोगकर्ता नै चनाखो हुनुपर्ने विज्ञको भनाइ छ । विद्युतीय कारोवार ऐन २००६ लाई कार्यान्वयन गर्न स्थापना भएको प्रमाणीकरण नियन्त्रण कार्यालयका नियन्त्रक राजनराज पन्त 'फेसबुक चलाउँदा आफ्नोबारे सम्पूर्ण जानकारी अपलोड नगरेमा आफूविरुद्ध हुने घटनाबाट बच्न सकिने' सल्लाह दिन्छन् । उनले आफ्नोबारे पूर्ण विवरण फेसबुकमा सेयर नगर्ने, गलत काम गर्नेसँग कम संगत गर्ने र गोप्य कुरा सकेसम्म कसैलाई नभन्ने गरेमा यसबाट बच्न सकिने बताए । 'आफ्नो पूर्ण विवरण फेसबुकमा राखेमा सबैलाई जानकारी हुन्छ,' उनी भन्छन्, 'कसैले कसैको चरित्रहत्या गर्न चाहेमा उसलाई तथानाम गाली गर्ने, धम्क्याउने गर्न सक्छ ।' प्रहरीले यी दुवै घटनालाई साइबर अपराध भने पनि फेसबुकबाट भएका यी घटनालाई नियन्त्रक पन्तले भने साइबर अपराध नभई यसलाई टेक्नोलोजीको प्रयोग गरेर नैतिक अपराध भएको बताउँछन् । 'अर्काको आइडी चोरेर यस्ता गलत काम हुन सक्छन्,' उनी भन्छन्, 'यसलाई साइबर अपराध म भन्न हिच्किचाउँछु किनकि यो टेक्नोलोजीको सहायताले नैतिक अपराध गरिएको हो ।' उनले कसैका 'सप्टवेयर' चोरेर बजारमा ल्याएमा वा कसैका प्रचलित साइट ह्याक गरिएमा मात्र त्यसलाई साइबर अपराध भन्न मिल्ने तर्क गरे । नियन्त्रक पन्तले फेसबुकबाट भएका घटनाबारे महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, काठमाडौंले कुनै जानकारी नदिएको जनाउँदै घटनाबारे सम्पूर्ण विवरण आफूकहाँ आएमा ती व्यक्तिका नाममा भएका नराम्रा कुरा फेसबुकबाट हटाउन सकिने बताए । उनले कसले अनैतिक काम गरेको हो र कुन युजरनेमबाट भएको हो त्यसको खोजीनीति गरेर कारबाही गर्न सकिनेसमेत जनाए । 

के गर्दै छ प्रहरी ? 

काठमाडौंमा साइबर अपराधका घटना बढ्न थालेपछि महानगरीय प्रहरी अपराध महाशाखाले कम्युनिकेसन इन्फरमेसन टेक्नोलोजी सेल-सिआइटिसी) गठन भएको दाबी गरेको छ । यो सेलले मुख्यगरी साइबर अपराधलाई नियन्त्रण गर्नर्ेछ । परम्परागत रूपले अपराध गर्दै आएकाहरू नयाँ प्रविधि प्रयोग गरेर अपराध गर्ने क्रम बढेपछि यो सेल गठन भएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाका प्रमुख प्रहरी चन्दले विकसित सञ्चार प्रविधिलाई गलत प्रयोग गरेर विभिन्न अपराध बढेकाले यस्ता अपराध नियन्त्रण गर्न प्रहरी इतिहासमै पहिलोपटक यस्तो सेल गठन गरेको दाबी गरे । 'फेसबुकमार्फत अर्काको चरित्रहत्या गर्ने अपराध गरेका दुईवटा घटनाको हाम्रो सेलले द्रुतगतिमा अनुसन्धान जारी राखेको छ,' एसएसपी चन्द भन्छन्, 'टेक्नोलोजीमार्फत अपराध गरेकाले यसको अनुसन्धान गर्न कठिनाइ पनि भएको छ । तर, ढिलो-चाँडो अभियुक्त पत्ता लगाएरै छाड्छौँ ।' कम्युनिकेसन इन्फरमेसन टेक्नोलोजी सेल-सिआइटिसी) का प्रहरी निरीक्षक गौतम केसीले ती मुद्दालाई फौजदारी अभियोगमा राख्ने अवस्था नभएको जानकारी दिँदै घटनाको गम्भीरता हेरेर विद्युतीय कारोवार ऐन २००६ अनुसार कारबाही चलाइने बताए । यो ऐनमा तीन वर्षसम्मको कैदको व्यवस्था छ । प्रहरी निरीक्षक केसीले ती व्यक्तिका बारेमा गलत प्रचार गरिएका कुरा कहाँबाट अपलोड गरिएको हो भन्नेबारे गहन अध्ययन गर्नुपर्ने भएकाले अभियुक्त तत्कालै पत्ता लगाउन कठिन हुने जनाए । चुनौती नै चुनौती सामाजिक सञ्जालका रूपमा लोकपि्रयता कमाइसकेको फेसबुकमा गोप्यताको चुनौती थपिएको स्वयं संस्थापकले जनाएका छन् । फेसबुकमा एकपटक अपलोड गरिएका जुनसुकै व्यक्तिका कुरा सञ्जालको सदस्य भएको जसले पनि चाहेको वेला हेर्न सक्छ । फेसबुकमा अपलोड गरिएका कुरालाई गोप्य राख्ने कुनै पनि उपाय नभएकाले गोप्यताको चुनौती थपिएको हो । फेसबुकका संस्थापक मार्क जुकेरवर्गले फेसबुक प्रयोगकर्तालाई एउटा खुलापत्र लेख्दै प्रयोगकर्ता अनपेक्षित रूपमा बढेको मात्र नभई चुनौती पनि थपिएको स्विकारेका छन् । प्रयोगकर्ताले विभिन्न समाचार, सूचना, भिडियो, फोटो र अन्य कुरा पनि जोसुकैले हेर्न सक्ने भएकाले गोप्यता भंग हुन्छ । फेसबुकमा सेयर गरेको सूचनाकै आधारमा भारतको एउटा सहरमा युवती बलात्कृत भएको घटना मात्र होइन, फेसबुकको सञ्जालमा विवाह गरेको एकजना लोग्नेले अविवाहित लेखेका कारण हत्या गरिएको समाचार पनि बाहिर आएको छ । यी र यस्तै समस्या बढ्दै गएकाले फेसबुकले छिट्टै गोपनीयतासम्बन्धी नयाँ नीति ल्याउन लागेको मार्कको पत्रमा उल्लेख छ । केही साताभित्र फेसबुकले प्रयोगकर्तालाई नयाँ प्राइभेसी सेटिङ समीक्षा गर्न र अपडेट गर्न लगाउने तयारी गरिरहेको छ ।

कति छन् फेसबुक प्रयोगकर्ता

सामाजिक सञ्जालका रूपमा स्थापित भइसकेको फेसबुकका सक्रिय प्रयोगकर्ता ३५ करोडभन्दा बढी छन् । फेसबुकको वेबसाइटका अनुसार यीमध्ये ५० प्रतिशतभन्दा बढीले दैनिक आफ्नो फेसबुक खोल्छन् भने ३५ लाखभन्दा बढीले प्रत्येक दिन आफ्नो फेसबुक अपडेट गर्छन् । त्यस्तै, २ दशमलब ५ करोडले प्रत्येक महिना तस्बिर अपलोड गर्छन् भने ३ दशमलब ५ करोडले वेब लिंक, समाचार, ब्लक पोस्ट, डायरी, तस्बिरको एल्बम सेयर गर्ने गरेको फेसबुक साइटको दाबी छ । त्यस्तै, प्रत्येक फेसबुक प्रयोगकर्ताका सरदरमा १ सय ३० जना साथी छन् भने एक महिनामा एउटा प्रयोगकर्ताले आठजना नयाँ साथी बनाउने गर्छ । एकजना प्रयोगकर्ताले एक दिनमा ५५ मिनेट फेसबुक चलाउनमा खर्च गर्छ भने एकजनाले २५ वटासम्म कमेन्ट लेख्ने गरेको तथ्यांक छ । इन्टरनेटबाट मात्र नभई करिब ६५ लाखभन्दा बढीले मोबाइलबाट फेसबुक चलाउँछन् । तीमध्ये ५० प्रतिशत निकै सक्रिय फेसबुक प्रयोगकर्तामा पर्छन् । सन् २००४ फेब्रुअरीमा मार्क जुकिरवर्गले फेसबुक स्थापना गरेका हुन्, उनी नै फेसबुकका चिफ एक्जुकेटिभ अफिसर हुन् । उनीसँगै अहिले १२ जनाले फेसबुक सञ्चालन गरिरहेका छन् । जानयसको मुख्य कार्यालय अमेरिकाको पालो अल्टोमा छ भने शाखा कार्यालय एटलान्टा, बर्मिहाङ, सिकागो, न्युयोर्क, भेनिस, वासिंगटन डिसी, लन्डन, सिड्नीलगायतका स्थानमा छन् । पाँच वर्षअघि सुरु भएको फेसबुकमा प्रयोगकर्ता सन् २००५ डिसेम्बरमा ५५ लाखजना भए । सन् २००६ मा एक करोड २० लाख, २००७ को अक्टोबरमा पाँच करोड, २००८ को अगस्टमा १० करोडजना फेसबुक प्रयोगकर्ता भए । फेसबुकको लोकपि्रयता यति धेरै बढ्यो कि सन् २००९ को जुलाईमा २५ करोड प्रयोगकर्ता भए । सन् २००९ को डिसेम्बरमा आएर दुई महिनाको बीचमा १० करोड फेसबुक प्रयोगकर्ता बढेर ३५ करोड भएको फेसबुकसाइटको दाबी छ । अहिले यही सरदरमा बढेको भए हाल ४५ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता रहेको अनुमान छ । त्यति मात्र कहाँ हो र ? फेसबुकबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसमेत पीडित बनेका छन् । सधँैजसो आफ्नो पार्टीका छोटा जानकारी र आफ्ना बुबा कहाँ कुन बैठकमा सहभागी हुँदै छन् भन्ने जानकारी दिने प्रकाशका नाममा नक्कली एकाउन्ट खोलेर कुनै एकजनाले प्रकाशको बेइज्जत गरे । रुकुमकी पत्रकार टीका बिष्टलाई माओवादीले नै आक्रमण गरेको भन्ने घटनाबारे उनीमाथि कुटपिट हुनु ठीक हो भन्दै उक्त नक्कली बयान प्रकाशले वकालत गरेका थिए । 'जे पायो त्यही समाचार लेख्ने पत्रकारलाई कुट्नुपर्छ, टीकालाई त्यही भएर माओवादीले कुटपिट गरेका हुन्' नक्कली प्रकाश दाहालको नाममा रहेको फेसबुकमा यस्तै लेखिएको थियो । फेसबुकमा यस्तै-यस्तै अनेक कुरा लेखिन थालेपछि सक्कली प्रकाश अर्थात् प्रचण्डपुत्रले फेसबुकमा त्यस्तो कुरा लेख्ने आफू नभएको भन्दै फेसबुकमार्फत खण्डन मात्र गरेनन् उनले सबै फेसबुक प्रयोगकर्तालाई नझुक्किन अनुरोधसमेत गरेका थिए । 'माओवादीविरुद्ध लेख्ने पत्रकारलाई कुटपिट हुन्छ, अहिले ठीक भएको छ भन्नेजस्ता कुरा फेसबुकमा लेखिएको थियो,' प्रचण्डपुत्र प्रकाश दाहालले भने, 'न हाम्रो पार्टीले यस्तो गरेको थियो न गर्छ, त्यत्तिकै अर्काको बेइज्जत गर्नुभन्दा तर्कसंगत कुरा लेख्नु फाइदा होला ।' उनले प्रकाश दाहालको नाममा फेसबुकमा यस्ता कुरा देखिएपछि आफूलाई अप्ठ्यारो परेको बताए । 'मेरो नामको एकाउन्टमार्फत फेसबुकमा यस्ता अनेक कुरा लेखिएपछि संविधान छिटो बनाउन लाग्नुहोलालगायतका थुप्रै राम्रा र नराम्रा सुझाब आएका थिए,' आफ्नो नाममा अरूले फेसबुकमा जे मन लाग्यो त्यही लेखिदिएपछिको अनुभव सुनाउँदै उनले भने, 'मेरो बेइज्जत गरिदिएकाले मलाई दुःख लाग्यो, अरूको बेइज्जत गरेर किन समय खेर फाल्नु ? यस्तो गर्नु उचित होइन ।'
http://www.nayapatrika.com/newsportal/jhan_naya/10071--.html

Friday, January 1, 2010

सानो गाडी हटाऊ, ठूलो बस चलाऊ


विज्ञान अधिकारी, काठमाडौं पुस १६
ट्याम्पो, माइक्रोबसजस्ता साना गाडी सार्वजनिक यातायातका लागि प्रभावका नभएको भन्दै तिनलाई हटाएर बढी यात्रु बोक्नसक्ने ठूला गाडी प्रयोग गर्न यातायात क्षेत्र सुधार समितिले सिफारिस गरेको छ। राति हिँडडुल गर्नुपर्ने सर्वसाधारणको सुविस्ताका लागि रात्रिकालीन यातायात सञ्चालन गर्न पनि समितिले सुझाव दिएको छ।

 
यातायात क्षेत्र सुधार समितिको सिफारिश

  • रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर
  • १५ वर्ष पुराना सवारी हटाऊ
  • जाँचपासमा अनुत्तीर्ण गाडीलाई कबाडीमा परिणत गर
  • उपत्यकाका थप स्थानमा ओभरहेड ब्रिज र फ्लाइओभर बनाऊ
  • सडकमा रहेका घर-टहरा हटाऊ
  • सन्ध्याकालीन बजार क्षेत्र स्थापना गर
 
 साना गाडीले बढी सडक ओगटे पनि यात्रुको चाप थेग्न नसकेको समितिको ठहर छ। राजधानीमा ठूला बसभन्दा ट्याम्पो र माइक्रोबसजस्ता साना गाडी बढी चल्छन्। ८ देखि १२ जनासम्मको सिट क्षमता रहेको यस्तो गाडीले राजधानीको बढो चाप धान्न सकेको छैन। अधिकांश रुटमा यात्रुहरू सिट नपाएर झुन्डिएका भेटिन्छन्। कार्यालय समयमा गाडी पाउन निकै मुस्किल छ। यसको तुलनामा ठूला बस चलाए यात्रुलाई सुविस्ता हुने समितिले भनेको छ।
‘अहिले राजधानीमा गुडिरहेका भएभरका ट्याम्पो र माइक्रोले जति यात्रु बोक्नसक्छन्, तिनलाई ओसार्न आधा बस पनि चाहिँदैन,' समितिका एक सदस्यले नागरिकसँग भने, ‘यसले यात्रुलाई सुविधा दिनेभन्दा अनावश्यक रूपमा सडकमा सवारी जाम बढाउने काम गरेको छ। बस गुड्न थाले सवारी जामको समस्या आधा कम हुन्छ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुरुप यातायात क्षेत्र सुधारका लागि यही असोज ४ गते श्रमसचिव बाबुराम आचार्यको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो। समितिले आफूले तयार परेको यातायात क्षेत्र सुधार कार्ययोजना आयोगलाई बुझाइसकेको छ।
कार्ययोजनाले रात्रिकालीन सार्वजनिक यातायात चलाउन निजी क्षेत्र इच्छुक नभए साझा यातायातलगायत विभिन्न सहका संस्थालाई परिचालन गर्नुपर्ने सुझाव दिएको छ।
राजधानीमा साँझ ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ। सहरको दायरा फराकिलो हुँदै गए पनि त्यसअनुरुप सार्वजनिक सवारीको सुविधा फैलिन सकेको छैन। बेलुकी अबेरसम्म काम गर्नुपर्ने उपभोक्ताले सार्वजनिक गाडी भेट्न काममा हतार गर्नुपर्छ। नभए निर्धारित दरभन्दा डेढी पैसा तिरेर ट्याक्सी चढ्नु वा हिँड्नुको विकल्प छैन।
यातायातको यस्तै समस्याले राति अबेरसम्म चल्नुपर्ने बजार सम्साँझै बन्द हुन्छन्।
न्यूरोड, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वरजस्ता राजधानीका मुख्य बजारमा समेत साँझ ६/७ बजेपछि कारोबार बन्द हुन्छ। रात्रि बजार नफस्टाउनुको एउटा मुख्य कारण यातायात समस्या नै भएको सम्बद्ध व्यवसायी बताउँछन्।
विदेशतिर यात्रु भए पनि नभए पनि सार्वजनिक गाडी रातभर गुडिरहन्छन्। यस्तो सेवामा सरकारले नै प्रत्यक्ष हात हालेको हुन्छ। नेपालमा भने उदाकरणका नाममा यातायात क्षेत्रमा सरकारले आफ्नो हात पूरै झिकेर निजी क्षेत्रलाई सुम्पेपछि रात्रिकालीन यातायात सेवाबाट उपभोक्ता पूरै वञ्चित छन्। विगतमा ट्रली बस र केही हदसम्म साझा यातायातले बेलुकी १० बजेसम्म सेवा दिने गरेको थियो।
‘सार्वजनिक यातायातको जिम्मा सरकारको हो। निजी क्षेत्रबाट चलाएर हुन्छ कि साझा यातायात वा सहकारीलाई परिचालन गरेर - सरकारले यसमा आफ्नो उपस्थिति देखाउनैपर्छ,' ती अधिकारीले भने।
समितिले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन र वातावरण प्रदूषण घटाउन १५ वर्ष पुराना सवारी साधन विस्थापित गर्न पनि सिफारिस गरेको छ। पुराना सवारीले राजधानीको शोभा घटाएको र बढी प्रदूषण फैलाएको उसको निष्कर्ष छ। यसअघि २० वर्ष पुरानालाई विस्थापित गर्ने सरकारको निर्णय थियो। ‘१५ वर्षभन्दा पुराना गाडीलाई सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न रोक लगाउनुपर्छ,' कार्ययोजनामा भनिएको छ।


जाँचपास अनुत्तीर्ण सवारीलाई निश्चित रकम दिएर कबाडीमा परिणत गर्नुपर्ने उसको सुझाव छ। यात्रुवाहक बस र मिनी बसमा यात्रु हिँड्ने डहरै डाकिनेग सामान थुपार्ने समस्याको पनि समितिले हल निकालेको छ। यसका लागि यात्रुवाहक गाडीलाई छतमा क्यारियर बनाउन निर्देशन दिनुपर्ने सुझाव छ।

पैदल यात्रुको व्यवस्थापनका लागि उपत्यकाका विभिन्न स्थानमा ‘ओभरहेड ब्रिज' (यात्रु हिँड्ने आकासे पुल) स्थापना गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ। नयाँ बानेश्वर, नारायणगोपाल चोक, कलंकी, बालाजु, पुतलीसडक, पुरानो बसपार्क, पाको न्युरोड, त्रिचन्द्र क्याम्पस, पद्मोदय, चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, कालिमाटी, कोटेश्वर र बबरमहलमा ओभरहेड ब्रिज अनिवार्य भइसकेको उसको ठहर छ। अहिले उपत्यकामा नौवटा ओभरहेड ब्रिज छन्।

यसैग, उपत्यकाका विभिन्न स्थानमा ‘फ्लाइओभर' (गाडी गुड्ने आकासे पुल) निर्माण गर्न पनि सुझाव दिइएको छ। चीन सरकारले उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माण गदिने प्रतिबद्धतासमेत जनाइसकेको छ। सरकार आफ्नै स्रोतबाट पाँच स्थानमा फ्लाइओभर निर्माण गर्ने तयामा पनि लागेको छ। पिकआवरमा प्रतिघन्टा ५ हजार ६ सयभन्दा बढी सवारी चल्ने चोकहरू चाबहिल, कलंकी, कोटेश्वर, थापाथली, गौशाला, महाराजगञ्ज, त्रिपुरेश्वर र नयाँ बानेश्वरमा फ्लाइओभर बनाउनुपर्ने समितिको सुझाव छ।
विभिन्न स्थानमा सडक मिचेर बनाइएका घर- टहरा र पसल हटाउनुपर्ने सिफारिस पनि कार्ययोजनामा गरिएको छ। पुतलीसडक, कलंकी, महाराजगञ्ज, सोह्रखुटे, पुरानो बानेश्वर, प्रज्ञा प्रतिष्ठान, मैतिदेवी, बालाजु, कृष्ण पाउरोटी र त्रिपुरेश्वर चोकका घर- टहरा हटाएर चोक विस्तार गरिनुपर्ने सुझावमा छ।

व्यस्त बजार क्षेत्रमा निश्चित समयका लागि सवारी प्रवेश निषेध गर्नुपर्ने सुझाव पनि छ। यसमा सुन्धारा, न्युरोड, जुद्ध सालिक, इन्द्रचोक, धर्मपथ, रणमुक्तेश्वर, पाको र न्युरोड पिपलबोट क्षेत्र पर्छन्। यी क्षेत्रमा सन्ध्याकालीन बजार (इभिनिङ मार्केट) सञ्चालन ग चार घन्टा सवारी आवागमन निषेध गर्न सुझाव दिइएको छ। रत्नपार्क, रणोद्धिप चोकदेखि भोटाहिटी र असन चोक हुँदै इन्द्रचोकसम्मको क्षेत्रमा शनिबार बजार क्षेत्र स्थापना गर्न सुझाव दिइएको छ। यो क्षेत्रमा शनिबार बिहान १० देखि साँझ ६ बजेसम्म सवारी आवागमन निषेध गर्नुपर्ने उल्लेख छ।
ठमेलको महिला संगठन चोकबाट जेपी स्कुल, ठमेल चोक, काठमाडौं गेष्ट हाउस, सातघुम्ती चोक, नर्सिङ चोकसम्म र सोह्रखुट्टेबाट मर्स्याङी होटल हुँदै सात घुम्तीसम्मको बाटोलाई पैदलयात्रा क्षेत्र घोषणा ग साँझ चार घन्टा निषेध गर्नुपर्ने सुझाव छ। उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक पार्किङ बनाउन पनि सिफारिस गरिएको छ। यसमा खुलामञ्च, बहादुर भवन, समाज कल्याण परिषद्, लैनचौर, जमल, भृकुटीमण्डप, गौशाला, लगनखेल, नारायण चौर, नक्साल, कालिमाटी, रत्नपार्क शान्ति वाटिका, सिंहदरबार पर्छन्।
काठमाडौं उपत्यकाबाट लामो र मध्यम दुमा सञ्चालन हुने सवारी साधनको बसपार्क र बहुउद्देश्यीय पार्किङ स्थापना गर्नुपर्ने सुझाव पनि कार्ययोजनामा छ। चक्रपथबाट सहर पस्ने निजी सवारी साधन पार्किङका लागि चक्रपथबाहिर पूर्व, दक्षिण र पश्चिममा एउटा/एउटा ग तीन बहुउद्देश्यीय पार्किङ स्थल निर्माण गर्न भनिएको छ। काठमाडौं र ललितपुरको सह क्षेत्रभित्र सञ्चालन हुने सवारी पार्किङका लागि चक्रपथबाहिर र भित्र कम्तिमा ६ वटा पार्किङ स्थल निर्माण गर्नुपर्ने सुझाव छ।
मालवाहक सवारीका लागि कलंकी र कोटेश्वर बाहिरका क्षेत्रमा अलगअलग ट्रकपार्क निर्माण गर्न सिफारिस गरिएको छ। ठेलागाडा, साइकल लगायत सवारी आवागमनमा पुग्ने अवरोध हटाउन निश्चित बाटो र समय तोक्न सुझाव दिइएको छ। सहरका ऐतिहासिक र पुरातात्विक इलाकामा प्रवेश गर्ने निजी सवारीसँग अतिरिक्त शुल्क लिने व्यवस्था मिलाउन पनि भनिएको छ।

http://nagariknews.com/news-highlights/139-highlights/8789-2009-12-31-08-04-06.html