Friday, January 1, 2010

सानो गाडी हटाऊ, ठूलो बस चलाऊ


विज्ञान अधिकारी, काठमाडौं पुस १६
ट्याम्पो, माइक्रोबसजस्ता साना गाडी सार्वजनिक यातायातका लागि प्रभावका नभएको भन्दै तिनलाई हटाएर बढी यात्रु बोक्नसक्ने ठूला गाडी प्रयोग गर्न यातायात क्षेत्र सुधार समितिले सिफारिस गरेको छ। राति हिँडडुल गर्नुपर्ने सर्वसाधारणको सुविस्ताका लागि रात्रिकालीन यातायात सञ्चालन गर्न पनि समितिले सुझाव दिएको छ।

 
यातायात क्षेत्र सुधार समितिको सिफारिश

  • रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर
  • १५ वर्ष पुराना सवारी हटाऊ
  • जाँचपासमा अनुत्तीर्ण गाडीलाई कबाडीमा परिणत गर
  • उपत्यकाका थप स्थानमा ओभरहेड ब्रिज र फ्लाइओभर बनाऊ
  • सडकमा रहेका घर-टहरा हटाऊ
  • सन्ध्याकालीन बजार क्षेत्र स्थापना गर
 
 साना गाडीले बढी सडक ओगटे पनि यात्रुको चाप थेग्न नसकेको समितिको ठहर छ। राजधानीमा ठूला बसभन्दा ट्याम्पो र माइक्रोबसजस्ता साना गाडी बढी चल्छन्। ८ देखि १२ जनासम्मको सिट क्षमता रहेको यस्तो गाडीले राजधानीको बढो चाप धान्न सकेको छैन। अधिकांश रुटमा यात्रुहरू सिट नपाएर झुन्डिएका भेटिन्छन्। कार्यालय समयमा गाडी पाउन निकै मुस्किल छ। यसको तुलनामा ठूला बस चलाए यात्रुलाई सुविस्ता हुने समितिले भनेको छ।
‘अहिले राजधानीमा गुडिरहेका भएभरका ट्याम्पो र माइक्रोले जति यात्रु बोक्नसक्छन्, तिनलाई ओसार्न आधा बस पनि चाहिँदैन,' समितिका एक सदस्यले नागरिकसँग भने, ‘यसले यात्रुलाई सुविधा दिनेभन्दा अनावश्यक रूपमा सडकमा सवारी जाम बढाउने काम गरेको छ। बस गुड्न थाले सवारी जामको समस्या आधा कम हुन्छ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुरुप यातायात क्षेत्र सुधारका लागि यही असोज ४ गते श्रमसचिव बाबुराम आचार्यको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो। समितिले आफूले तयार परेको यातायात क्षेत्र सुधार कार्ययोजना आयोगलाई बुझाइसकेको छ।
कार्ययोजनाले रात्रिकालीन सार्वजनिक यातायात चलाउन निजी क्षेत्र इच्छुक नभए साझा यातायातलगायत विभिन्न सहका संस्थालाई परिचालन गर्नुपर्ने सुझाव दिएको छ।
राजधानीमा साँझ ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ। सहरको दायरा फराकिलो हुँदै गए पनि त्यसअनुरुप सार्वजनिक सवारीको सुविधा फैलिन सकेको छैन। बेलुकी अबेरसम्म काम गर्नुपर्ने उपभोक्ताले सार्वजनिक गाडी भेट्न काममा हतार गर्नुपर्छ। नभए निर्धारित दरभन्दा डेढी पैसा तिरेर ट्याक्सी चढ्नु वा हिँड्नुको विकल्प छैन।
यातायातको यस्तै समस्याले राति अबेरसम्म चल्नुपर्ने बजार सम्साँझै बन्द हुन्छन्।
न्यूरोड, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वरजस्ता राजधानीका मुख्य बजारमा समेत साँझ ६/७ बजेपछि कारोबार बन्द हुन्छ। रात्रि बजार नफस्टाउनुको एउटा मुख्य कारण यातायात समस्या नै भएको सम्बद्ध व्यवसायी बताउँछन्।
विदेशतिर यात्रु भए पनि नभए पनि सार्वजनिक गाडी रातभर गुडिरहन्छन्। यस्तो सेवामा सरकारले नै प्रत्यक्ष हात हालेको हुन्छ। नेपालमा भने उदाकरणका नाममा यातायात क्षेत्रमा सरकारले आफ्नो हात पूरै झिकेर निजी क्षेत्रलाई सुम्पेपछि रात्रिकालीन यातायात सेवाबाट उपभोक्ता पूरै वञ्चित छन्। विगतमा ट्रली बस र केही हदसम्म साझा यातायातले बेलुकी १० बजेसम्म सेवा दिने गरेको थियो।
‘सार्वजनिक यातायातको जिम्मा सरकारको हो। निजी क्षेत्रबाट चलाएर हुन्छ कि साझा यातायात वा सहकारीलाई परिचालन गरेर - सरकारले यसमा आफ्नो उपस्थिति देखाउनैपर्छ,' ती अधिकारीले भने।
समितिले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन र वातावरण प्रदूषण घटाउन १५ वर्ष पुराना सवारी साधन विस्थापित गर्न पनि सिफारिस गरेको छ। पुराना सवारीले राजधानीको शोभा घटाएको र बढी प्रदूषण फैलाएको उसको निष्कर्ष छ। यसअघि २० वर्ष पुरानालाई विस्थापित गर्ने सरकारको निर्णय थियो। ‘१५ वर्षभन्दा पुराना गाडीलाई सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न रोक लगाउनुपर्छ,' कार्ययोजनामा भनिएको छ।


जाँचपास अनुत्तीर्ण सवारीलाई निश्चित रकम दिएर कबाडीमा परिणत गर्नुपर्ने उसको सुझाव छ। यात्रुवाहक बस र मिनी बसमा यात्रु हिँड्ने डहरै डाकिनेग सामान थुपार्ने समस्याको पनि समितिले हल निकालेको छ। यसका लागि यात्रुवाहक गाडीलाई छतमा क्यारियर बनाउन निर्देशन दिनुपर्ने सुझाव छ।

पैदल यात्रुको व्यवस्थापनका लागि उपत्यकाका विभिन्न स्थानमा ‘ओभरहेड ब्रिज' (यात्रु हिँड्ने आकासे पुल) स्थापना गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ। नयाँ बानेश्वर, नारायणगोपाल चोक, कलंकी, बालाजु, पुतलीसडक, पुरानो बसपार्क, पाको न्युरोड, त्रिचन्द्र क्याम्पस, पद्मोदय, चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, कालिमाटी, कोटेश्वर र बबरमहलमा ओभरहेड ब्रिज अनिवार्य भइसकेको उसको ठहर छ। अहिले उपत्यकामा नौवटा ओभरहेड ब्रिज छन्।

यसैग, उपत्यकाका विभिन्न स्थानमा ‘फ्लाइओभर' (गाडी गुड्ने आकासे पुल) निर्माण गर्न पनि सुझाव दिइएको छ। चीन सरकारले उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माण गदिने प्रतिबद्धतासमेत जनाइसकेको छ। सरकार आफ्नै स्रोतबाट पाँच स्थानमा फ्लाइओभर निर्माण गर्ने तयामा पनि लागेको छ। पिकआवरमा प्रतिघन्टा ५ हजार ६ सयभन्दा बढी सवारी चल्ने चोकहरू चाबहिल, कलंकी, कोटेश्वर, थापाथली, गौशाला, महाराजगञ्ज, त्रिपुरेश्वर र नयाँ बानेश्वरमा फ्लाइओभर बनाउनुपर्ने समितिको सुझाव छ।
विभिन्न स्थानमा सडक मिचेर बनाइएका घर- टहरा र पसल हटाउनुपर्ने सिफारिस पनि कार्ययोजनामा गरिएको छ। पुतलीसडक, कलंकी, महाराजगञ्ज, सोह्रखुटे, पुरानो बानेश्वर, प्रज्ञा प्रतिष्ठान, मैतिदेवी, बालाजु, कृष्ण पाउरोटी र त्रिपुरेश्वर चोकका घर- टहरा हटाएर चोक विस्तार गरिनुपर्ने सुझावमा छ।

व्यस्त बजार क्षेत्रमा निश्चित समयका लागि सवारी प्रवेश निषेध गर्नुपर्ने सुझाव पनि छ। यसमा सुन्धारा, न्युरोड, जुद्ध सालिक, इन्द्रचोक, धर्मपथ, रणमुक्तेश्वर, पाको र न्युरोड पिपलबोट क्षेत्र पर्छन्। यी क्षेत्रमा सन्ध्याकालीन बजार (इभिनिङ मार्केट) सञ्चालन ग चार घन्टा सवारी आवागमन निषेध गर्न सुझाव दिइएको छ। रत्नपार्क, रणोद्धिप चोकदेखि भोटाहिटी र असन चोक हुँदै इन्द्रचोकसम्मको क्षेत्रमा शनिबार बजार क्षेत्र स्थापना गर्न सुझाव दिइएको छ। यो क्षेत्रमा शनिबार बिहान १० देखि साँझ ६ बजेसम्म सवारी आवागमन निषेध गर्नुपर्ने उल्लेख छ।
ठमेलको महिला संगठन चोकबाट जेपी स्कुल, ठमेल चोक, काठमाडौं गेष्ट हाउस, सातघुम्ती चोक, नर्सिङ चोकसम्म र सोह्रखुट्टेबाट मर्स्याङी होटल हुँदै सात घुम्तीसम्मको बाटोलाई पैदलयात्रा क्षेत्र घोषणा ग साँझ चार घन्टा निषेध गर्नुपर्ने सुझाव छ। उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक पार्किङ बनाउन पनि सिफारिस गरिएको छ। यसमा खुलामञ्च, बहादुर भवन, समाज कल्याण परिषद्, लैनचौर, जमल, भृकुटीमण्डप, गौशाला, लगनखेल, नारायण चौर, नक्साल, कालिमाटी, रत्नपार्क शान्ति वाटिका, सिंहदरबार पर्छन्।
काठमाडौं उपत्यकाबाट लामो र मध्यम दुमा सञ्चालन हुने सवारी साधनको बसपार्क र बहुउद्देश्यीय पार्किङ स्थापना गर्नुपर्ने सुझाव पनि कार्ययोजनामा छ। चक्रपथबाट सहर पस्ने निजी सवारी साधन पार्किङका लागि चक्रपथबाहिर पूर्व, दक्षिण र पश्चिममा एउटा/एउटा ग तीन बहुउद्देश्यीय पार्किङ स्थल निर्माण गर्न भनिएको छ। काठमाडौं र ललितपुरको सह क्षेत्रभित्र सञ्चालन हुने सवारी पार्किङका लागि चक्रपथबाहिर र भित्र कम्तिमा ६ वटा पार्किङ स्थल निर्माण गर्नुपर्ने सुझाव छ।
मालवाहक सवारीका लागि कलंकी र कोटेश्वर बाहिरका क्षेत्रमा अलगअलग ट्रकपार्क निर्माण गर्न सिफारिस गरिएको छ। ठेलागाडा, साइकल लगायत सवारी आवागमनमा पुग्ने अवरोध हटाउन निश्चित बाटो र समय तोक्न सुझाव दिइएको छ। सहरका ऐतिहासिक र पुरातात्विक इलाकामा प्रवेश गर्ने निजी सवारीसँग अतिरिक्त शुल्क लिने व्यवस्था मिलाउन पनि भनिएको छ।

http://nagariknews.com/news-highlights/139-highlights/8789-2009-12-31-08-04-06.html

No comments:

Post a Comment