Saturday, November 7, 2009

समाचार च्यानल: वास्तविक अवस्था


Neel Bahadur Khadka(Facebook note)


अरु मुलुकमा जस्तै केही वर्षदेखि नेपालमा पनि चौबीसै घण्टा समाचार दिने टेलिभिजन च्यानलको सुरुवात भएको नामै किटेर भन्ने हो भने सगरमाथा, एभिन्युज एबीसी टेलिभिजन समाचार च्यानलका रुपमा साचालनमा छन् मूलतः यी समाचारमूलक च्यानल हुन् यिनीहरुले एउटा खास स्थान पनि बनाइसकेका छन् अझै समाचारमूलक च्यानलकै रुपमा केही च्यानल थपिने क्रममा छन्  
नेपालमा समाचारको ठूलो मागमात्र छैन, समाचार हेर्ने त्यसैअनुसार मत बनाउने बानी पनि बनिसकेको यसमा अरु च्यानलको पनि भूमिका नभएको होइन तर, भर्खरै खुलेका समाचारमूलक च्यानलको भूमिका अतुलनीय हो, टेलिभिजन संसारकै सबैभन्दा प्रभावकारी माध्यममा पर्छ तर, अहिले हामी जुन स्रोत, साधन वातावरणमा काम गरिरहेका छौं, त्यो संस्था विकासका लागि नै बाधक बनिरहेका छन्  
हुन छोटो अवधिमै धेरै अपेक्षा गर्न सकिन्न तर, स्थिति कस्तो भने अहिले नै यी च्यानलले कडा प्रतिस्पर्धा गर्नु परिरहेको स्वदेशी च्यानलको मात्र होइन, यिनिहरुले विदेशी च्यानलसँग पनि प्रतिस्पर्धा गर्नु परिरहेको तर, अप्ठयारो कस्तो भने यी च्यानलहरु स्वयम सिक्दैछन्  
यस्तो बेलामा झन कठिन हुन्छ प्रतिस्पर्धा गर्न तर, नगरी हुन्न प्रतिस्पर्धा कम्तीमा अस्तित्व रक्षाका लागि नै सही तर, प्रतिस्पर्धाको कुनै विकल्प छैन एकातिर आर्थिक अवनति अनि अर्कातिर च्यानल चलाउँदै सिक्दै गर्नुपर्नाको पीडा नयाँ गाडी किनेर ड्राइभिङ सिक्न थालेको जस्तो  
हुन यसरी पनि काम हुन्छ भइरहेछ तर कस्तो काम यहानिर ठूलो प्रश्न उठछ यहिँनेर हामी सबैले विचार गर्नुपर्छ कि हामी काम कस्तो गर्ने ? काम चलाउ काम गर्ने कि चलाउनका लागि गर्ने ? वा राम्रो काम गर्ने ? निश्चय नै यति सबै 'अप्सन' दिएर सोध्ने हो भने सबैले भन्छन्-हामी राम्रो काम गर्ने त्यसो भए फेरि हेक्का राख्नुपर्छ राम्रो काम निरपेक्ष ढंगबाट हँुदैन त्यसका लागि मूल्य चूकाउनु पर्छ  
दक्ष जनशक्तिबाट मात्र राम्रो कामको अपेक्षा गर्न सकिन्छ कुनै पनि संस्था कति पुरानो भन्ने कुराले अब खासै मतलब राख्दैन, अब कुन संस्थासँग कति अनुभवी मानिस छन् भन्ने कुराले बढी महत्व राख्छ केही समययता नेपाली च्यानल तिनमा काम गर्ने कर्मचारी-पत्रकारलाई नियालेर हेर्ने हो भने अत्यन्त कम अनुभवी आलाकाँचा ब्यक्तिबाट काम लिइरहेको अनुभव गर्न सकिन्छ कतिपय सन्दर्भमा अरु समाचार माध्यामको तुलनामा अत्यन्त निम्नस्तरीय रिपोर्टिङ भएको पनि हामी पाउँछौं तर, किन यस्तो भयो भनेर खासै ध्यान दिँदैनौं जसले गर्दा गल्ती बारम्बार दोहोरिरहन्छ हाम्रो अत्यन्त सरल मान्यता कि 'बुम' समाउन सक्ने मानिस भए पुग्छ रिपोर्टिङका लागि यो मान्यताले हामीले बारम्बार धोका खाएका छौं पनि हामीमा चेत आएको छैन हामी किन यसो गरिरहेका छौं ? के अनुभवहीन मानिस राख्दा हुने थोरै आर्थिक फाइदाले वा 'राम्रो' मान्छेको बदलामा 'हाम्रो' मान्छे राख्नुपर्छ भन्ने बाध्यताले समाचार निर्माणको आधार नै लंगडो भएपछि समाचार कस्तो बन्ला ? अनुभवहीनबाट स्तरीय रिपोर्टिङको अपेक्षा गर्न सकिन्न  
यही नियम लागू हुन्छ टेलिभिजनको कार्यक्रम प्रस्तुतकर्ताहरुमा पनि अब हामीले समाचार 'पढ्ने' होइन समाचार 'भन्ने' वातावरण बनाउनु पर्छ, ताकि दर्शकले सजिलै समाचार पत्याउन् समाचार अलि भर्खरको मानिसले 'पढेको' भन्दा अलि पाको मानिसले 'भनेको' नै पत्यारिलो हुन्छ, नेपालीबाहेक विदेशी च्यानलले यसै गरेको पाइन्छ  
यी सबै कामका लागि एउटा असल ब्यवस्थापकले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम संस्थामा काम गर्ने पत्रकार-कर्मचारीको मनोवल बृद्धि नै हो आधुनिक जमानामा मानव ब्यवस्थापन सबैभन्दा ठूलो काम हो पत्रकार-कर्मचारीको मनोवल उच्च वा छैन भन्ने कुराको निक्र्यौल ती संस्थाको कामबाटै थाह हुन्छ कुनै संस्था माथि आउने कुनै पछि पर्नुको कारण के हो कुनै संस्थाको पत्रकार 'हसिला' 'उच्च मनोवल' भएका देखिने अनि कुनै संस्थाको पत्रकार हेर्दै 'विरक्तलाग्दो' देख्नुको कारण के हो ? पत्रकार कर्मचारी खुसी हुनु भनेको काममा गुणात्मक प्रगतिमात्र होइन, त्यो संस्थाको इज्जत बाहिर पनि राम्रो हुनु हो

No comments:

Post a Comment