Wednesday, November 18, 2009

भष्ट्रचार बढ्दै गएको 'ट्रान्सपरेन्सी इन्टरनेश्नल' को ठहर


यो भन्दा ठूलो विम्बना अरु के हुन्छ ? 
सत्ता र शक्तिको संर्घषमा लागेका हाम्रा नेताहरुलाई यसले केहि असर गछ त ?
काठमाडौं, मंसिर २ (नागरिक)-  राजनीतिक अस्थिरता र कानुनको पालनामा कमी भएका कारण नेपालमा गत वर्षको तुलनामा भ्रष्टचार मौलाएको तथ्यांकले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेश्नलले मंगलबार सार्वजनिक गरेको विश्वका एक सय ८० राष्ट्रको भ्रष्टचार सूचकांकमा नेपालको स्थानमा एक सय ४३ औं स्थान झरेको छ, जुन अघिल्लो वर्षभन्दा २२ स्थान पछि हो।
अघिल्लो वर्ष नेपाल एक सय २१ औं स्थानमा सुचित थियो। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि कानुनी दायरा र काननुको पालना गराउने संयन्त्र कमजोर भएकोले नेपालमा भ्रष्टाचारले बढावा पाएको ट्रान्सपरेन्सीको विश्लेषण छ।
'सयौं वर्ष पुरानो राजतन्त्रलाई विस्थापन गरेर गणतन्त्र स्थापना भइ नेपाल संविधान बनाउने प्रक्रियामा छ, जुन अघिल्लो वर्षको तुलनामा शान्तिपूर्ण स्थिति हो', ट्रान्सपरेन्सीको प्रतिवेदनमा भनिएको छ, 'तर कानुनी पालना गराउने निकाय कमजोर रहेकोले त्यसबाट भ्रष्टचार मौलाउन मद्दत पुगेको छ।'
दक्षिण एशियामा पाकिस्तान र बंगलादेशको स्थिति पनि नाजुक देखिएको छ। यी दुबै राष्ट्र एक सय ३९ औं नम्बरमा सुचिकृत भएका छन्। नेपालको छिमेकी चीन ७९ औं र भारतचाहिं ८४ स्थानमा दरिएको छ। ट्रान्सपरेन्सी इन्टरनेश्नललेले एक सय ८० देशको सूचकांकलाई शुन्य भएमा अत्याधिक भ्रष्ट मुलुक र १० पुगेमा भ्रष्टचार न्युन भएको मुलुकका रूपमा सुचित गरेको हो। यस आधारमा न्युजल्याण्ड सबभन्दा कम भ्रष्ट मुलुकको रूपमा देखिएको छ, जसले ९ं.४ नम्बर पाएको छ। दोस्रो र तेस्रोमा क्रमशः डेनमार्क र सिंगापुर पर्न सफल भएका छन्।
द्वन्द्वग्रस्त सोमालियाचाहिं सबभन्दा भ्रष्ट मुलुकको रूपमा चिनिएको छ। त्यसपछि अफ्गानिस्तान र म्यानमार क्रमशः दोस्रो र तेस्रो भ्रष्ट मुलुक भनेर ट्रान्सपरेन्सी इन्टरनेश्नलको विज्ञप्तिमा उल्लेख छ। सुडान र इराकलाई संयुक्तरूपमा चौथो भ्रष्ट मुलुकको रूपमा सुचिकृत गरिएको छ। लामो समयसम्म आन्तरिक गृहयद्धमा फसेकोले यी मुलुकको प्रशासनिक निकाय सबभन्दा बढी भ्रष्ट भएको दाबी गरिएको छ।
एशियाका ३२ मुलुकमध्ये बंगलादेश, जापान, टोंगा र भनौतुले अघिल्लो वर्षको तुलनामा सुधार गरेका छन्। मलेशिया, नेपाल, माल्दिभ्स र अफ्गानिस्तानको सुचाकांकचाहिं निकै तल झरेको हो ।

No comments:

Post a Comment