हामीहरुसँग खाद्यन्नको अभाव भएकोले यो समस्या चुलिएको भने होइन । अहिले विश्वको २ गुणा जनसंख्यालाई पुग्ने खाद्यन्न छ । तर पनि उत्पादनमुलक श्रोतहरुमा सबैको पहुच छैन ।
विश्वमा हरेक दिन ८५ करोड ४० लाख मानिसहरु भोक भोकै त्छन् । एड्स औलो र क्षयारोगले सयुंक्त रुपमा मृत्यु हुनेको संख्या भन्दा भोकमारि र कुपोषणले मृत्यु हुनेको संख्या बढी छ । भोक सम्वन्धि कारणले हरेक ५ सेकेन्डमा संसारमा १ सिसुको मृत्यु हुन्छ । यी तथ्यांकले विश्वमा रहेको चरम गरीवि र यसले सिर्जना गरेको भोकमारिको भयावह अवस्थालाई देखाउछन् । हामीहरुसँग खाद्यन्नको अभाव भएकोले यो समस्या चुलिएको भने होइन । अहिले विश्वको २ गुणा जनसंख्यालाई पुग्ने खाद्यन्न छ । तर पनि उत्पादनमुलक श्रोतहरुमा सबैको पहुच छैन । फलस्वरुप वत्तिमुनि अध्याँरो भने झै खाद्यान्नको रास माथि भोक भोकै जीउनु पर्ने बाध्यता छ । विश्वका धेरै मुलुकहरुले सन २०१५ सम्ममा देशको गरीवि र भोकलाई ५० प्रतिशतसम्ममा झार्ने प्रतिवद्धता जाहेर गरेका छन् । यो सहश्राब्दी नेपालले समेत यसमा हस्ताक्षर गरेको छ । तर विगतमा भएका कार्यक्रमहरु खासै उपलब्धि मुलक हुन सकेनन । यो प्रतिवद्धतालाई पुरा गर्न सहयोग पुर् याउने उद्देश्यले एक्सन एड सहित विभिन्न संघ सस्थाले सन २००१ देखि भोक विरुद्धको अभियान अर्थात हंगर पि्रु क्याम्पियन शुरु गरेका छन् । यो अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन विभिन्न क्षेत्रका अगुवाहरु सहभागितामा फरक किसिमले अभियानको थालनि गरिएको छ । जसमा भोक विरुद्ध युवा अभियान र युवा सल्लाहकार बोर्ड जस्ता बहुपक्षिय सरोकारका सवालमा विशेष ब्यवस्था गरिएको छ । त्यसैले याहा युवा र विभिन्न क्षेत्रमा सफलता पाएका हस्तिहरुलाई अगुवामा राखेर विभिन्न कार्यक्रम साचालन भइरहेका छन् । हरेक किसिमको परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहदै आएको सन्र्दभमा भोक विरुद्धको अभियानमा समेत उनीहरुको सशक्त भूमिकाको अपेक्षा गरिएको छ । नेपालको सन्र्दभमा कुरा गर्ने हो भने यहाँका ४४ वटा जिल्ला खाध्यान्नको अभावमा छन् । १० वटा जिल्ला खाद्यान्न संकटाभिमुख अवस्थामा छन् । यहाँका अधिकांश मानिसहरु ग्रामिण क्षेत्रमा बसोवास गर्छन । जाहा मेहनत अनुसार अन्न उत्पादन हुदैन र श्रमको उचित मूल्य पाइदैन । जल जंगल र जमिन माथि निश्चित समुहको प्रभुत्व छ । हाम्र मुलुक कृषि प्रधान देश । तर यहा भूमि जोत्नेहरुसँग नै जमिन छैन । सबै उत्पादनमा तल्लो तहका मानिसहरुको समान पहुँच छैन । फलस्वरुप धेरै मानिसहरु चरम गरीवि र विपन्नतामा जीवनयापन गरिरहेका छन् । उनीहरुलाई लक्षित गरि यहा गरीवि विरुद्ध धेरै कार्यक्रमहरु साचालन गरिएका छन् । तर यस्ता कार्यक्रमलाई थप ससक्त र प्रभावकारी बनाएर लैजानु पर्ने आवश्यकता छ । न्यायोचित भूमिसुधार नै भोक विरुद्धको अभियानको केन्द्रीय सवाल हो । तसर्थ यस्ता अभियानलाई सशक्तढंगले अगाडी बढाउनु पर्ने आवश्यकता छ । भोक र गरीवि केवल एउटा मुलुकको लागि मात्र नभएर विश्वकै लागि चुनौतिको विषय हो । तसर्थ गरीवि निवारणका लागि विश्वब्यापि अभियानलाई टेवा पुर् याउनु भोक विरुद्धको अभियानको मुख्य लक्ष्य रहेको छ । यसका लागि एकल भन्दा पनि बहुपक्षिय प्रयासको आवश्यकता छ । समग्र मानव समुदायको विकासको लागि तथ्यांकले देखाएका गरीवि र भोकलाई सदाका लागि अन्त्य गर्नु आवश्यक छ । तव मात्र हामीले साचालन गरेका यी कार्यक्रमको सार्थकता हुन्छ । र भोक विरुद्धको हाम्रो अभियानले पूर्णता पाउँछ ।
No comments:
Post a Comment