सुमन लुइटेल
बझाङ्
"भूगोल र अन्य विकासका गतिविधले गर्दा काठमाण्डौ लगायतका कथित शहरी क्षेत्रबाट निकै टाढा रहेको यो जिल्ला सूचना र प्रविधिको पछिल्ला उपलब्धिका कारण अहिले भने पुरै विश्वसँग नजिकिएको छ ।"
राजधानी काठमाण्डौको चहलपहल र कोलाहलयुक्त बातावरणबाट टाढा करिव करिव ९०० किलोमिटरको दुरीमा बझाङ्घ जिल्ला रहेको छ । भौगोलिक बनावट हेर्दा यसले नेपालका विकट पहाडी जिल्लामा आफुलाई अग्रपक्तिंमा उभ्याएको भान हुन्छ । भूगोलको यो दुरीलाई छोट्याउन बझाङ्घमा सडक निर्माण भैरहेको छ । भूगोल र अन्य विकासका गतिविधले गर्दा काठमाण्डौ लगायतका कथित शहरी क्षेत्रबाट निकै टाढा रहेको यो जिल्ला सूचना र प्रविधिको पछिल्ला उपलब्धिका कारण अहिले भने पुरै विश्वसँग नजिकिएको छ । यो सामुदायिक सूचना केन्द्रको स्थापना भए पछि बझाङ्घ इन्टरनेटको विश्वब्यापि साजालमा जोडिएको हो । विगतलाई हेर्ने हो भने बझाङ्घ सूचना र प्रविधिका यस्ता उपलब्धिबाट बेखवर थियो । २ बर्ष अघिसम्म सदरमुकामा मात्रै सिमित टेलिफोन लाईन साचालनमा थिए । फोन गर्न घण्टौं लाइन बस्नु पर्ने बाध्यता थियो । अखवार र पत्रपत्रिका मुस्किले एक डेढ महिनाको अन्तरालमा आइपुग्थे । फलस्वरुप मुलुक भित्रै भएका घटनाक्रमबाट समेत यहाका मानिसहरु अनभिज्ञ हुन्थे । तर समयले कोल्टे फेरेको छ । अहिले गाउँ गाउँमा मोवाइल र बेतारे टेलिफोन उपलब्ध हुन थालेका छन् । अझ त्यो भन्दा पनि महत्वपूर्ण कुरा त सदरमुकाम चैनपुरमा इमेल र इन्टरनेटको शुरुवात भएको छ । जसले विगतमा सूचना र प्रविधिको अभावमा यहाका मानिसले खेपिरहेका सबै समस्यालाई करिव करिव हटाइदिएको छ । भौगोलिक विकटताले गर्दा नै बझाङ्घमा गरीविको अवस्था पनि निकै जर्जर छ । याहाका ८० प्रतिशत भन्दा बढि मानिसहरु कृषि पेशामै आश्रित छन् । तर अधिकांशले खेतिगर्ने जमिन उब्जाउ छैन । कृषिका लागि राम्रो जमिन भएका ठाउँमा सिचाईको उपलब्धता छैन । फलस्वरुप धेरै बझाङ्घीलाई जमिनको उब्जनीले मात्रै बर्षभरी खान पुग्दैन । त्यसैले ग्रामिण क्षेत्रका करिव करिव सबैजसो घरबाट पुरुष सदस्य आम्दानीका लागि भ्ाारतका विभिन्न सहरमा जाने चलन विद्यमान छ । यस्तै विपन्न समुदायलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउने उदेश्यले गरीवि निवारण कोषले बझाङ्घमा गरीवि निवारण कार्यक्रम साचालन गर्न थालेको छ । यहि कार्यक्रम मार्फत विपन्न समुदायकै सकि्रयतामा सदरमुकाम चैनपुरमा यो सामुदायिक सूचना केन्द्र स्थापना भएको हो । काठमाण्डौमा रहेको एक इन्टरनेट सेवा प्रदायक र यहा राखिएको स्याटलाइट वीच इन्टरनेटको सिग्नल अपिलंक गरिएको छ । यो सिग्नललाई रेडियोको माध्यामबाट स्थानीयस्तरमा इन्टरनेट सेवा साचालनका लागि छाडिएको छ । बझाङ्घका सरकारी गैहसरकारी र शैक्षिक गरि ७ वटा संघसस्थाले यो प्रविधिबाट अहिले इन्टरनेट सेवा उपभोग गरिरहेका छन् । समुदायको श्रमदान र कोषको सहयोग गरि कुल १० लाख रुपैयाको लागतमा एक बर्ष अघि यो सूचना केन्द्र स्थापना गरिएको हो । लुँयटा र हेमन्तवडा गाविसमा गठन भएका विभिन्न ६ वटा सामुदायिक संस्थाहरुले सेतिसाइपाल भिस्याट सामुदायिक सूचना केन्द्र नामक कार्यमुलक समुह बनाएर यसलाई साचालन गरिरहेका छन् । यसका लागि यी विपन्न समुदायलाई संगठित गरि सहजिकरण गर्ने काम भने कोषका साझेदार संस्था सप्रोस नेपाल र दलित उत्थान युवा समाजले गरेका छन् । विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म यो केन्द्र खुल्ला रहन्छ । यहाँ प्रति घण्टा ३० रुपैयामा इमेल इन्टरनेट सेवा लिन सकिन्छ । यसका अतिरिक्त बजारको भन्दा सस्तो मूल्यमा टेलिफोन फेटोकपि लगायतका सेवा केन्द्रमा उपलब्ध छन् । साथै याहा कम्प्यूटर सिक्न चाहानेहरुका लागि आधारभूत कम्प्यूटर तालिमको समेत ब्यवस्था गरिएको छ । यसले समुदाय र सेवाग्राहि दुवैलाई फाइदा पुगेको छ । बझाङ्घका ग्रामिण बस्तिमा देखिएका यस्ता विभिन्न गतिविधिले याहाको विकटता र विपन्नतालाई कम गर्न सहयोग पुग्ने छ । भौगोलिक रुपमा टाढा रहँदा विगतमा याहाका समुदायले धेरै समस्या झेलेका थिए । जसले उनीहरुको समग्र विकासमा समेत अवरोध सिर्जना गरेको थियो । अहिले कोषका कार्यक्रमले विगतका तिनै समस्यालाई कम गरेर लैजान समुदायलाई राम्रो अवसर जुटाइदिएको छ । जसलाई विपन्न समुदायका मानिसले समेत आत्मासाथ गरेका छन् । यसले उनीहरुको समग्र आर्थिक र समाजिक विकासमा समेत सहयोग पुग्ने छ ।
its really interesting story
ReplyDelete