सुमन लुइटेल
"सहकारीबाट ऋण लिएर आयअर्जनका काम गर्न पाएपछि अहिले यहाँका महिलाहरु आर्थिक रुपमा सवल बन्न थालेका छन् । "
सहयोग सानै किन नहोस तर यसलाई उचित रुपमा परिचालन गरेमा यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । यो कुरालाई ब्यवाहारमै उतारेर देखाएका छन् चितवनको बछयौली गाविसका महिलाहरुले । विक्रम संम्वत २०५२ सालमा स्थानीय महिलाहरुको सहभागितामा शुरु भएको महिला शसक्तिकरणको अभियान आज सबैका लागि उदाहरण बनेको छ । त्यसवेला ५/५ जना स्थानीय महिलाहरुको सहभागितामा बछयौलीका हरेक वडामा एक/ एक वटा समुह गठन गरिएको थियो । ग्रामिण महिलाहरुलाई संगठित गरि उनीहरुको सामाजिक र आर्थिक रुपान्तरण्का लागि नारी चेतना केन्द्र काठमाण्डौले यो अभियानको थालनी गरेको थियो । यहि अभियान अन्तर्गत गठन भएका स्थानीय समुह मिलेर वि सं २०५५ सालमा बछयौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको स्थापना भयो । समुह गठन बचत संकलन र समुहका सदस्यहरुलाई सानो परिमाण्मा काममा लगानी गर्दै करिव २ हजार रुपैयाबाट शुरु भएको यो अभियान आज करिव एक करोड रुपैयाको कारोवारमा आइ पुगेको छ । करिव १३ बर्ष अगाडी अर्थात् यो सहकारी अहिले जिल्लाकै उत्कृष्ट र नमुना सहकारीको रुपमा चिनिन्छ । यो सहकारीमा अहिले करिव ९ सय महिला सदस्य छन् । सहकारीको साचालन र ब्यवस्थापनको सम्पूर्ण काम यीनै महिलाहरुले गरिरहेका छन् । विभिन्न समुहमा अवद्ध भएका सदस्यहरुले शुरुमा २५ रुपैयाँबाट बचत थालेका थिए । अहिले उनीहरु मासिक १०० रुपैया बचत गर्न थालेका छन् । सहकारीबाट ऋण लिएर आयअर्जनका काम गर्न पाएपछि अहिले यहाँका महिलाहरु आर्थिक रुपमा सवल बन्न थालेका छन् । त्यसैले उनीहरुले अव आफनो मासिक बचतलाई बृद्धि गर्दै लैजाने लक्ष्य लिएका छन् । बछायौली गाविसमा गठन भएका विभिन्न महिला समुहले गरेको बचतलाई कानुनी रुपदिन वि।सं। २०५५ सालमा बछयौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरियो । नारी चेतना केन्द्र काठमाण्डांैले २ पटक गरी दिएको २ लाख रुपैयाँ विउ पूँजि र सदस्य महिलाहरुको बचतबाट शुरु भएको सहकारीको यात्रा अहिले करिव १ करोड रुपैयाँको कारोवारमा आइपुगेकेा छ । सहकारीले आफना सदस्यको मागको आधारमा धितो र विना धितो ऋण सुविधा उपलब्ध गराउदै आइरहेको छ । ५० हजार भन्दा कम रकमका लागि सदस्यहरुले कुनै पनि धितो राख्नु पर्दैन तर यो भन्दा माथिको रकमका लागि भने धितो अनिवार्य गरिएको छ । त्यो पनि महिला सदस्यकै नामको हुनु पर्ने ब्यवस्था छ । शुरुका दिनमा वडा वडामा समुह गठन गर्न निकै समस्या थियो । इच्छ भएर पनि कतिपय महिलाहरु परिवार समाजको डरले समुहमा बस्न डराउँथे । यसले उनीहरुलाई समुहको बैठकमा सहभागि हुन र बचत संकलन गर्न निकै समस्या हुन्थ्यो । त्यतिखेर कतिपयले त अरुनै वाहाना बनाएर पनि समुहका बैठकमा सहभागिता जनाएका थिए । तर आज हिजोको तीनै समुह मिलेर बनेको सहकारी आज उनीहरुको सामाजिक र आर्थिक विकासको मुख्य आधार बन्न पुगेको छ । त्यसले अहिले याहाँका महिलाहरु मात्र नभएर उनीहरुका परिवारका अन्य सदस्यहरु समेत यो कामबाट निकै खुसि छन् । सहकारीले विना धितो सस्तो ब्याजदरमा ऋण दिन थालेपछि महिलाहरुले यसलाई विभिन्न काममा लगाएका छन् । यहि ऋणलाई परिचालन गरेर भएको आम्दानीबाट आज कतिपयले जमिन समेत जोडेका छन् । बछयौली गाविस -९ कि ५० बर्षिया बनुही चौधरी यसको ज्वलन्त उदाहरण बनेकि छिन् । उनी थारु समुदायकि महिला हुन । आफनै किसिमको सांस्कृतिक परम्परा रहेको थारु समुदायका महिलाहरुमा आर्थिक अधिकार नै हुदैन भन्दा फरक पर्दैन । तर यीनले आफनै पौरखले अहिले १२ कठ्ठा खेत जोडिसकेकि छिन् । उनीसँग २ कठ्ठा मात्रै खेत थियो । त्यसैले विगतमा उनी जीविकाका लागि अरुको जमिन कमाउँथिन । १० बर्ष अघि नारी चेतना केन्द्रको सहजिकरणमा गाउँमा महिला समुह गठन भयो । बनुहि पनि यसमा सहभागि भइन र ३ हजार रुपैयाँ ऋण लिएर बाख्रा पाल्न थालिन । बाख्राबाट भएको आम्दानी र समुहबाट पटक पटक ऋण लिदै उनले ब्यवसाय विस्तार गर्दै आफनो आम्दानी समेत बढाइन । सँगै उनले भाडामा जमिन लिएर मुसुरो धान तोरी लगायतका अन्न उब्जनी गरिन् । यहि आम्दानीले उनले २०५३ सालमा ५ कठ्ठा र २०६५ सालमा ७ कठ्ठा खेत किनेकि हुन । पहिला उनलाई गाउँबाट निस्कन समेत डराउने यी महिला अहिले समुहका बैठक देखि गाउँघरमा हुने अन्य सामाजिक काममा समेत अग्रसर हुन्छिन । सहकारीबाट भेट्टाएको आयआर्जनका काम गर्ने अवसरले बछयौलीका महिलामा ठूलो आर्थिक रुपान्तरण ल्याएको छ । हिजो गाउँघरमा २ हजार रुपैयाँ ऋण लिन डराउने यी महिलहरु आज २ लाख रुपैयाँसम्म ऋण लिन सक्ने अवस्थामा पुगेका छन् । विना झन्झट महिलाहरुले आफनै नाममा ऋण लिएर आवश्यकता अनुसार परिचालन गर्न सक्छन । यसले कतिपय महिलाहरुलाई त परिवारको आर्थिक निर्णयको अधिकार समेत मिलेको छ । आर्थिक कि्रयाकलापमा महिलाहरुकॊ उनीहरुका श्रीमान तथा घरका अन्य पुरुष सदस्यहरुले समेत आयआर्जनका विभिन्न काम गर्न पाएका छन् । बाख्रापालन टाँग्ाा ब्यवसाय किराना पसल टेलस्र औषधी पसल कुटानी पिसानी गर्ने मिल लगायतका गतिविधिले यहाँका समुदायको आर्थिक हैसियत विस्तारै माथि उठ्दैछ । यसले समुदायमा ब्याप्त गरीविलाई न्यूनिकरण गर्न सहयोग पुगेको छ ।
No comments:
Post a Comment