"गाँउ छेउमा रहेका लखनदेही र ड्याङ्गा खोला यी विपन्न समुदायको जीविका चलाउने प्रमुख आधार हुन् । तर कहिले काहि यीनै खोला यहाँका समुदायको लागि अभिसाप बन्ने गर्छ ।"
तराईका अधिकांश जिल्ला बर्षादको समयमा डुवानमा पर्छन् । लक्ष्मीपुर सुखचैना गाविस - ९ मा रहेको यो बस्ती सहनी टोलका नामले चिनिन्छ । सर्लाही जिल्लाको दक्षिणी क्षेत्रमा रहेको यो सहनी समुदायको ४५ घरधुरी रहेका छन् । बस्तीका सबैजसो मानिसहरु आर्थिक रुपमा अत्यन्तै पिछडिएका छन् । माछा मार्ने पेशा उनीहरुको जीविका चलाउने एउटा प्रमुख आधार हहो । यसबाहेक पाखुरीमा बल भएकाहरु थ्ोर बहुत मेहनत मजदुरी पनि गर्छन् । र पनि जीविका धान्न उनीहरुलाई निकै समस्या हुन्छ । गाँउ छेउमा रहेका लखनदेही र ड्याङ्गा खोला यी विपन्न समुदायको जीविका चलाउने प्रमुख आधार हुन् । तर कहिले काहि यीनै खोला यहाँका समुदायको लागि अभिसाप बन्ने गर्छ । बर्षायाम शुरु हुनासाथ यो बस्ती डुबानमा पर्छ । खोलामा बाढी नघटुन्जेल िसंगो बस्ती नै टापूमा परिणत हुन्छ । फलस्वरुप यो समय यहाँको जनजीवन नै अस्तव्यस्त बन्न पुग्छ । कहिले काहि यहाँका मानिसहरु डुबानका कारण तीन चार रात सम्म पनि नसुती जाग्राम नै बस्नु पर्ने सम्मको अवस्था पनि आउथ्यो तर यसपालि भने उनीहरु ढुक्क छन् । गृह निर्माण भएको छ । भवनको निर्माणले यहाँका समुदायलाई निकै राहत मिलेको छ ।
युरोपियन कमिसन मानविय सहहायता विभाग एक्सन एड नेपाल र प्रेरणा नामक गैरसरकारी संस्थाको सहकार्यमा यो सुरक्षित भवन निर्माण भएको हो । २ कोठे यो भवनमा शौचालय र पिउने पानकिो समेत व्यवस्था गरिएको छ । जमिनबाट करिब ५ फिटको अग्लो जग राखेर निर्माण गरिएको यो भवन बाढी पसेर डुबानमा परेको बेला गाँउलेहरुले अस्थायी रुपमा बस्नको लागि प्रयोग गर्ने छन् । यो भवन बनेपछि यो सहनी टोलका मानिसहरु मात्रै नभएर आसपासमा रहेका अन्य मानिसलाई समेत फाइदा हुनेछ । भवन निर्माणका लागि करिब ३ लाख रुपैंया खर्च भएको छ । डुबानबाट पिडित बनिरहेका यहाँका समुदायले करिब ८ महिना लगाएर यसको निर्माण गरिएको हो ।
यो सुरक्षित भवन निर्माणका लागि चन्दा उठाएर ५४ हजार रुपैंयामा जमिन खरिद गरेका हुन् । यी जुवाई सहनीले गाँउमा चलेको भन्दा निकै कम मूल्यमा भवन निर्माणका लागि जमिन उपलब्ध गराएका हुन् । पहिला घर डुबानमा पर्दा बासको मचान बनाएर बस्ने यी सहनी समुदाय अब भने पक्कि भवनमा बस्न पाइने भएपछि निकै खुशी छन् । सर्लाही तराईको जिल्ला भएकोले १ षौदको समयमा धेरै गाविस नदी कटान र डुबानको चपेटामा पर्ने गरेका छन् । त्यसैलाई मध्यनजर गरेर बाढी र कटानबाट बढिमात्रामा प्रभावित जिल्लाका लक्षीपुर सुखचैना फुलपरासी र सुन्दरपुर गाविसमा प्रकोपका पूर्वतयारी कार्यक्रम संचालन गरिएका छन् । लक्ष्मीपुर सुखचैना र सुन्दरपुर गाविसको बिचमा रहेको लखनदेही खोलामा अहिले यो बासको लच्का निर्माण भइरहेको छ । पहिला यहाँ बासको सानो लच्का थियो । उक्त लच्का बाढीले बगाईदिएपछि यी दुई गाविसका मानिसलाई आवत-जावत गर्न निकै समस्या थियो ।
डिपेको कार्यक्रम अन्तर्गत अहिले यो लच्का फलामका डण्डी राखेर सुधार गरेर निर्माण गरिएको हो । यसले बिद्यार्थी स्थानिय बासिन्दा लगायतलाई आवत जावत गर्न निकै सजिलो भएको छ । यहाँका समुदायले यो लच्का निर्माणका लागि व्यक्तिगत रुपमा श्रमदान समेत गरेका छन् । अब बर्षाको बेलामा यी समुदायले आवतजावतका लागि विगतको जस्तो समस्या खेप्नु पर्ने छैन् । प्राकृतिक प्रकोपका बारेमा समुदायलाई सचेत गर्दै उनीहरुको सकि्रय सहभागितामा प्रकोपका पूर्व तयारीका लागि यी गाविसमा विभिन्न तालिम र सचेतना कार्यक्रम संचालन गरिएका छन् । साथै सुरक्षित आवास फुल लगायतका पूर्वाधारहरुको समेत उचित प्रबन्ध गरिएको छ । यसले प्रकोपका बारेमा समुदायमा धेरै चेतना स्तर बृद्धि गरेको देख्न सकिन्छ । प्रकोप भइहालेमा यसबाट हुने क्षति न्यून गर्न र प्रकोप पछिको राहतको उचित व्यवस्थाका लागि समुदाय आफैले पहल गर्न सक्ने भएका छन् ।

No comments:
Post a Comment