काठमाडांैस्थित उच्च घरानियाकी एक युवतीका नाममा फेसबुकमा 'कल गर्ल' देखाउने विवरणसहित एकाउन्ट देखापर्यो । यसैका कारण ती युवतीले बेइज्जती मात्र व्यहोरिनन्, त्यत्तिकै मानसिक दबाब पनि खेपिन् ।
काठमाडौं, २४ पुस : इन्टरनेटमा सामाजिक सञ्जालको माध्यम 'फेसबुक' जनमानसमा जति लोकपि्रय हुँदै छ, त्यत्तिकै यसका विकृति पनि उजागर हँदै छन् । अब फेसबुक प्रयोगकर्ता अरू सजग र सचेत हुनुपर्ने देखिएको छ ।
पछिल्ल्ाो समय फेसबुकमार्फत अर्काको चरित्र हत्या गर्नेजस्ता अपराध हुन थालेका छन् । यसले सुरक्षा निकायलाई चनाखो मात्र बनाएको छैन, थप चुनौतीमा पारेको छ । फेसबुकबाटै आफूविरुद्ध चरित्र हत्या भएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, काठमाडौंमा हालै मात्र दुईवटा उजुरी परे ।
परेका उजुरीमध्ये, आफूलाई फेसबुकमार्फत बेइज्जत गरिएको भन्दै काठमाडौंकी एक उच्च घरानियाकी युवतीले हनुमानढोकामा पुगेर 'केस' दर्ता गराएकी छिन् । शारीरिक रूपमा चिरिच्याट्ट देखिने ती युवतीको नाममा कुनै एक फेसबुक प्रयोगकर्ताले एकाउन्ट खोलिदिएर 'कर्ल गर्ल'को चित्रण गर्दै सम्पर्क नम्बर फेसबुकमा अपलोड गरिदिएका रहेछन् । युवतीको सम्पूर्ण विवरण, यौनसम्पर्क गरेबापत लिने शुल्क, आफूलाई सम्पर्क गर्न सकिने समयलगायतका कुरा उल्लेख गरिएको सो 'फेसबुक एकाउन्ट'ले गर्दा आफूले बेइज्जती र तनाव भोग्नुपरेको ती युवतीले बताएकी छिन् ।
फेसबुकमा उल्लेख भएको टेलिफोन र मोबाइल नम्बरमा सम्पर्क गरेर थुप्रै व्यक्तिले विभिन्न प्रश्न सोधेपछि मात्र ती युवतीले आफ्नो चरित्रहत्या भएको थाहा पाइन् । आफ्नोबारे फेसबुकमा नराम्रा कुरा अपडेट गरिएको थाहा पाउनेबित्तिकै आफू सुरक्षा निकायसमक्ष आएको उनले महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रणबहादुर चन्दसँगको कुराकानीमा बताएकी थिइन् । 'बिचरी ती युवतीलाई केही थाहा छैन । उनलाई फोन गर्नेले यौनसम्पर्कबारे अनेक कुरा सोधेर हैरान पारेछन्,' एसएसपी चन्दले भने, 'केही सीप नचलेपछि हैरान भएर उजुरी दिएकी छिन् ।'
त्यसैगरी, करिब एक साताअघि काठमाडौंकै एक उच्च ओहोदाका व्यक्तिको पनि फेसबुकमार्फत चरित्रहत्या भयो । ती व्यक्तिको नाममा रहेको फेसबुक आइडीमा एक साताअघि त्रिपुरेश्वर पार्टी प्यालेसमा आफ्नो ठूलो जमघट भएकाले आउन निमन्त्रणा गरिएको थियो । फेसबुकमै गरिएको निमन्त्रणाका आधारमा ती व्यक्तिका आफन्त र साथीभाइ पार्टी प्यालेसमा जम्मा भएका थिए । फेसबुकमा दिइएको समय र स्थानमा उनका आफन्त र साथीभाइ जम्मा भए पनि पार्टी आयोजना गर्ने मानिस त्रिपुरेश्वर पार्टी प्यालेसमा निमन्त्रणा गरिएको समयमा नपुगेपछि त्यहाँ सहभागी भएकाहरू अक्क न बक्क परे । र, फेसबुकमार्फत आयोजक भनिएका व्यक्तिलाई फोन गरे । पछि मात्र थाहा लाग्यो, त्यो त फेसबुकको नक्कली एकाउन्टमार्फत कुनै साइबर अपराधीले त्यत्तिकै जमघटका लागि निमन्त्रणाको नाटक गरेको रहेछ । फेसबुक पीडित ती व्यक्तिले घटनाका कारण अपमानबोध गरे । र, प्रहरीमा उजुरी दर्ता गरे ।
फेसबुकमा ती व्यक्तिको सम्पूर्ण विवरणसमेत समावेश गरिएका थिए । ती व्यक्तिले आफ्नो नामबाट फेसबुकमा कसैले नचाहिने काम गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकामा उजुरी त दिए, तर उनलाई यसबारे प्रहरीले कसरी कारबाही अगाडि लैजान्छ भन्ने पत्तो छैन ।
महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, काठमाडौंका प्रहरी प्रमुख चन्दले ती दुवैजनामाथि फेसबुकको सहारामा कुनै व्यक्तिले अपराध गरेको बताए । उनले उजुरीका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको समेत जानकारी दिए । 'उजुरी दिने निकै उच्च घरानिया उच्च शैक्षिक योग्यता भएकी युवती हुन्,' एसएसपी चन्दले भने, 'निर्दोष युवतीलाई फेसबुकमा कल गर्लका रूपमा चित्रण गरिएको छ । यो प्रविधिको सहाराले गरिएको अपराध नै हो ।'
एसएसपी चन्दले प्रविधिबाट मानिससम्म जानुपर्ने भएकाले ती अभियुक्तलाई पत्ता लगाउन धेरै समय लाग्ने अनुमान लगाए । 'विश्वको जुनसुकै कुनाबाट पनि फेसबुक अपडेट गर्न सकिन्छ,' उनले भने, 'त्यही भएर कहाँबाट अपलोड गरिएको हो भन्नेबारे गहन अध्ययन गर्न जरुरी छ ।' पछिल्लो समय साइबर अपराधमा वृद्धि भएपछि यसको नियन्त्रण गर्न महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले कम्युनिकेसन इन्फरमेसन टेक्नोलोजी सेल -सिआइटिसी) समेत गठन गरेको छ ।
यी दुई अपराध त बाहिर आएका प्रतिनिधि घटना मात्र हुन् । तर, पछिल्लो समय विभिन्न किसिमका साइबर अपराध बढिरहेका छन् । फेसबुकमा व्यस्त रहने धेरै सञ्चारकर्मी पनि फेसबुकबाट सताइएका छन् । सदुपयोगभन्दा पनि पछिल्लो समय फेसबुक गलत रूपले प्रयोग हुन थालेको छ । 'फेसबुकमा अनावश्यक म्यासेज र भिडियो आउनाले हैरान भइएको छ, सही रूपले प्रयोग गरेमा यसका धेरै फाइदा पनि छन्,' एबिसी टेलिभिजनमा क्राइम बिट हेर्ने सञ्चारकर्मी टेकराज थामी भन्छन्, 'अर्काको नाममा फेसबुकको एकाउन्ट खोलिदिएर जे पायो त्यही लेखिदिने र झुटो सूचना दिने क्रम बढेको छ । त्यति मात्र होइन, केटाले केटी बनेर केटीले केटा बनेर अनावश्यक मानसिक तनाब दिने काम पनि भइरहेको छ ।' एसएसपी चन्द आफ्नो इज्जतमा दाग लाग्न सक्ने भएकाले पनि यस्ता धेरै घटना प्रहरीमा नआउने भएकाले फेसबुकमार्फत नेपालमा पनि धेरै अपराध भइरहेको हुन सक्ने अनुमान लगाउँछन् ।
कसरी बच्ने
फेसबुकमार्फत बेइज्जत, बदनामी, मानहानि, चरित्रहत्या गर्ने र गलत सूचना प्रवाह गरिदिने भएकाले यसबाट बच्न फेसबुक प्रयोगकर्ता नै चनाखो हुनुपर्ने विज्ञको भनाइ छ । विद्युतीय कारोवार ऐन २००६ लाई कार्यान्वयन गर्न स्थापना भएको प्रमाणीकरण नियन्त्रण कार्यालयका नियन्त्रक राजनराज पन्त 'फेसबुक चलाउँदा आफ्नोबारे सम्पूर्ण जानकारी अपलोड नगरेमा आफूविरुद्ध हुने घटनाबाट बच्न सकिने' सल्लाह दिन्छन् ।
उनले आफ्नोबारे पूर्ण विवरण फेसबुकमा सेयर नगर्ने, गलत काम गर्नेसँग कम संगत गर्ने र गोप्य कुरा सकेसम्म कसैलाई नभन्ने गरेमा यसबाट बच्न सकिने बताए । 'आफ्नो पूर्ण विवरण फेसबुकमा राखेमा सबैलाई जानकारी हुन्छ,' उनी भन्छन्, 'कसैले कसैको चरित्रहत्या गर्न चाहेमा उसलाई तथानाम गाली गर्ने, धम्क्याउने गर्न सक्छ ।' प्रहरीले यी दुवै घटनालाई साइबर अपराध भने पनि फेसबुकबाट भएका यी घटनालाई नियन्त्रक पन्तले भने साइबर अपराध नभई यसलाई टेक्नोलोजीको प्रयोग गरेर नैतिक अपराध भएको बताउँछन् । 'अर्काको आइडी चोरेर यस्ता गलत काम हुन सक्छन्,' उनी भन्छन्, 'यसलाई साइबर अपराध म भन्न हिच्किचाउँछु किनकि यो टेक्नोलोजीको सहायताले नैतिक अपराध गरिएको हो ।' उनले कसैका 'सप्टवेयर' चोरेर बजारमा ल्याएमा वा कसैका प्रचलित साइट ह्याक गरिएमा मात्र त्यसलाई साइबर अपराध भन्न मिल्ने तर्क गरे ।
नियन्त्रक पन्तले फेसबुकबाट भएका घटनाबारे महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, काठमाडौंले कुनै जानकारी नदिएको जनाउँदै घटनाबारे सम्पूर्ण विवरण आफूकहाँ आएमा ती व्यक्तिका नाममा भएका नराम्रा कुरा फेसबुकबाट हटाउन सकिने बताए । उनले कसले अनैतिक काम गरेको हो र कुन युजरनेमबाट भएको हो त्यसको खोजीनीति गरेर कारबाही गर्न सकिनेसमेत जनाए ।
के गर्दै छ प्रहरी ?
काठमाडौंमा साइबर अपराधका घटना बढ्न थालेपछि महानगरीय प्रहरी अपराध महाशाखाले कम्युनिकेसन इन्फरमेसन टेक्नोलोजी सेल-सिआइटिसी) गठन भएको दाबी गरेको छ । यो सेलले मुख्यगरी साइबर अपराधलाई नियन्त्रण गर्नर्ेछ । परम्परागत रूपले अपराध गर्दै आएकाहरू नयाँ प्रविधि प्रयोग गरेर अपराध गर्ने क्रम बढेपछि यो सेल गठन भएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाका प्रमुख प्रहरी चन्दले विकसित सञ्चार प्रविधिलाई गलत प्रयोग गरेर विभिन्न अपराध बढेकाले यस्ता अपराध नियन्त्रण गर्न प्रहरी इतिहासमै पहिलोपटक यस्तो सेल गठन गरेको दाबी गरे । 'फेसबुकमार्फत अर्काको चरित्रहत्या गर्ने अपराध गरेका दुईवटा घटनाको हाम्रो सेलले द्रुतगतिमा अनुसन्धान जारी राखेको छ,' एसएसपी चन्द भन्छन्, 'टेक्नोलोजीमार्फत अपराध गरेकाले यसको अनुसन्धान गर्न कठिनाइ पनि भएको छ । तर, ढिलो-चाँडो अभियुक्त पत्ता लगाएरै छाड्छौँ ।'
कम्युनिकेसन इन्फरमेसन टेक्नोलोजी सेल-सिआइटिसी) का प्रहरी निरीक्षक गौतम केसीले ती मुद्दालाई फौजदारी अभियोगमा राख्ने अवस्था नभएको जानकारी दिँदै घटनाको गम्भीरता हेरेर विद्युतीय कारोवार ऐन २००६ अनुसार कारबाही चलाइने बताए । यो ऐनमा तीन वर्षसम्मको कैदको व्यवस्था छ ।
प्रहरी निरीक्षक केसीले ती व्यक्तिका बारेमा गलत प्रचार गरिएका कुरा कहाँबाट अपलोड गरिएको हो भन्नेबारे गहन अध्ययन गर्नुपर्ने भएकाले अभियुक्त तत्कालै पत्ता लगाउन कठिन हुने जनाए ।
चुनौती नै चुनौती
सामाजिक सञ्जालका रूपमा लोकपि्रयता कमाइसकेको फेसबुकमा गोप्यताको चुनौती थपिएको स्वयं संस्थापकले जनाएका छन् । फेसबुकमा एकपटक अपलोड गरिएका जुनसुकै व्यक्तिका कुरा सञ्जालको सदस्य भएको जसले पनि चाहेको वेला हेर्न सक्छ । फेसबुकमा अपलोड गरिएका कुरालाई गोप्य राख्ने कुनै पनि उपाय नभएकाले गोप्यताको चुनौती थपिएको हो । फेसबुकका संस्थापक मार्क जुकेरवर्गले फेसबुक प्रयोगकर्तालाई एउटा खुलापत्र लेख्दै प्रयोगकर्ता अनपेक्षित रूपमा बढेको मात्र नभई चुनौती पनि थपिएको स्विकारेका छन् । प्रयोगकर्ताले विभिन्न समाचार, सूचना, भिडियो, फोटो र अन्य कुरा पनि जोसुकैले हेर्न सक्ने भएकाले गोप्यता भंग हुन्छ ।
फेसबुकमा सेयर गरेको सूचनाकै आधारमा भारतको एउटा सहरमा युवती बलात्कृत भएको घटना मात्र होइन, फेसबुकको सञ्जालमा विवाह गरेको एकजना लोग्नेले अविवाहित लेखेका कारण हत्या गरिएको समाचार पनि बाहिर आएको छ । यी र यस्तै समस्या बढ्दै गएकाले फेसबुकले छिट्टै गोपनीयतासम्बन्धी नयाँ नीति ल्याउन लागेको मार्कको पत्रमा उल्लेख छ । केही साताभित्र फेसबुकले प्रयोगकर्तालाई नयाँ प्राइभेसी सेटिङ समीक्षा गर्न र अपडेट गर्न लगाउने तयारी गरिरहेको छ ।
कति छन् फेसबुक प्रयोगकर्ता
सामाजिक सञ्जालका रूपमा स्थापित भइसकेको फेसबुकका सक्रिय प्रयोगकर्ता ३५ करोडभन्दा बढी छन् । फेसबुकको वेबसाइटका अनुसार यीमध्ये ५० प्रतिशतभन्दा बढीले दैनिक आफ्नो फेसबुक खोल्छन् भने ३५ लाखभन्दा बढीले प्रत्येक दिन आफ्नो फेसबुक अपडेट गर्छन् । त्यस्तै, २ दशमलब ५ करोडले प्रत्येक महिना तस्बिर अपलोड गर्छन् भने ३ दशमलब ५ करोडले वेब लिंक, समाचार, ब्लक पोस्ट, डायरी, तस्बिरको एल्बम सेयर गर्ने गरेको फेसबुक साइटको दाबी छ । त्यस्तै, प्रत्येक फेसबुक प्रयोगकर्ताका सरदरमा १ सय ३० जना साथी छन् भने एक महिनामा एउटा प्रयोगकर्ताले आठजना नयाँ साथी बनाउने गर्छ । एकजना प्रयोगकर्ताले एक दिनमा ५५ मिनेट फेसबुक चलाउनमा खर्च गर्छ भने एकजनाले २५ वटासम्म कमेन्ट लेख्ने गरेको तथ्यांक छ ।
इन्टरनेटबाट मात्र नभई करिब ६५ लाखभन्दा बढीले मोबाइलबाट फेसबुक चलाउँछन् । तीमध्ये ५० प्रतिशत निकै सक्रिय फेसबुक प्रयोगकर्तामा पर्छन् । सन् २००४ फेब्रुअरीमा मार्क जुकिरवर्गले फेसबुक स्थापना गरेका हुन्, उनी नै फेसबुकका चिफ एक्जुकेटिभ अफिसर हुन् । उनीसँगै अहिले १२ जनाले फेसबुक सञ्चालन गरिरहेका छन् । जानयसको मुख्य कार्यालय अमेरिकाको पालो अल्टोमा छ भने शाखा कार्यालय एटलान्टा, बर्मिहाङ, सिकागो, न्युयोर्क, भेनिस, वासिंगटन डिसी, लन्डन, सिड्नीलगायतका स्थानमा छन् । पाँच वर्षअघि सुरु भएको फेसबुकमा प्रयोगकर्ता सन् २००५ डिसेम्बरमा ५५ लाखजना भए । सन् २००६ मा एक करोड २० लाख, २००७ को अक्टोबरमा पाँच करोड, २००८ को अगस्टमा १० करोडजना फेसबुक प्रयोगकर्ता भए । फेसबुकको लोकपि्रयता यति धेरै बढ्यो कि सन् २००९ को जुलाईमा २५ करोड प्रयोगकर्ता भए । सन् २००९ को डिसेम्बरमा आएर दुई महिनाको बीचमा १० करोड फेसबुक प्रयोगकर्ता बढेर ३५ करोड भएको फेसबुकसाइटको दाबी छ । अहिले यही सरदरमा बढेको भए हाल ४५ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता रहेको अनुमान छ ।
त्यति मात्र कहाँ हो र ? फेसबुकबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसमेत पीडित बनेका छन् । सधँैजसो आफ्नो पार्टीका छोटा जानकारी र आफ्ना बुबा कहाँ कुन बैठकमा सहभागी हुँदै छन् भन्ने जानकारी दिने प्रकाशका नाममा नक्कली एकाउन्ट खोलेर कुनै एकजनाले प्रकाशको बेइज्जत गरे । रुकुमकी पत्रकार टीका बिष्टलाई माओवादीले नै आक्रमण गरेको भन्ने घटनाबारे उनीमाथि कुटपिट हुनु ठीक हो भन्दै उक्त नक्कली बयान प्रकाशले वकालत गरेका थिए । 'जे पायो त्यही समाचार लेख्ने पत्रकारलाई कुट्नुपर्छ, टीकालाई त्यही भएर माओवादीले कुटपिट गरेका हुन्' नक्कली प्रकाश दाहालको नाममा रहेको फेसबुकमा यस्तै लेखिएको थियो । फेसबुकमा यस्तै-यस्तै अनेक कुरा लेखिन थालेपछि सक्कली प्रकाश अर्थात् प्रचण्डपुत्रले फेसबुकमा त्यस्तो कुरा लेख्ने आफू नभएको भन्दै फेसबुकमार्फत खण्डन मात्र गरेनन् उनले सबै फेसबुक प्रयोगकर्तालाई नझुक्किन अनुरोधसमेत गरेका थिए । 'माओवादीविरुद्ध लेख्ने पत्रकारलाई कुटपिट हुन्छ, अहिले ठीक भएको छ भन्नेजस्ता कुरा फेसबुकमा लेखिएको थियो,' प्रचण्डपुत्र प्रकाश दाहालले भने, 'न हाम्रो पार्टीले यस्तो गरेको थियो न गर्छ, त्यत्तिकै अर्काको बेइज्जत गर्नुभन्दा तर्कसंगत कुरा लेख्नु फाइदा होला ।' उनले प्रकाश दाहालको नाममा फेसबुकमा यस्ता कुरा देखिएपछि आफूलाई अप्ठ्यारो परेको बताए । 'मेरो नामको एकाउन्टमार्फत फेसबुकमा यस्ता अनेक कुरा लेखिएपछि संविधान छिटो बनाउन लाग्नुहोलालगायतका थुप्रै राम्रा र नराम्रा सुझाब आएका थिए,' आफ्नो नाममा अरूले फेसबुकमा जे मन लाग्यो त्यही लेखिदिएपछिको अनुभव सुनाउँदै उनले भने, 'मेरो बेइज्जत गरिदिएकाले मलाई दुःख लाग्यो, अरूको बेइज्जत गरेर किन समय खेर फाल्नु ? यस्तो गर्नु उचित होइन ।'
http://www.nayapatrika.com/newsportal/jhan_naya/10071--.html
http://www.nayapatrika.com/newsportal/jhan_naya/10071--.html


![Nepal glacier [640x480] Nepal - Island Peak - Impressive glacier icefall below peak, Image by Flickr user mckaysavage](http://globalvoicesonline.org/wp-content/uploads/2009/09/Nepal-glacier-640x480.jpg)
Communities in Chitwan face the regular threat of destructive climatic events. In August 2003 there was a destructive flood in Jugedi, Bharlang and Isti which destroyed homes, cultivated land and human life. Farm land was also lost and three people were killed in a similar flood in August 1993. Soil erosion, lack of plantation, weak forest management and lack of awareness about environment management in the community are some of the major factors to environmental problems in the area. The increase in population and construction of nearby highway is also putting pressure on local natural resources.
The livelihoods of fishermen and boatmen rely solely on the resources of the river due to land shortage. Although these floods are an annual event, their severity and intensity seems to be increasing. This results in more damage to property, farm land and loss of assets such as farm machinery and livestock as well as human life. As the floods cannot be predicted, villagers have to be alert to the risks both day and night. Warnings are typically relayed by word of mouth and by the time the information reaches the last/furthest household in a settlement, it is often already too late.
This initiative will continue with an expansion of this pilot programme to three further sites in each district. Working with its local partners, SAHAMATI and Campaign Service Centre (CSC), Practical Action Nepal is initiating a community based risk reduction programme based around improved EWS, community managed river bank protection measures and provision of improved flood risk reduction infrastructure in the form of shelters, bridges and boats. Further, this is combined with a general campaign to increase public awareness.