Sunday, October 18, 2009

जलवायु परिवर्तन र जनस्वास्थ्यमा यसको असर

सुमन लुइटेल
विश्वमा प्रतिवर्ष ३ करोड ५० लाख देखि ५ करोड मानिसहरु मलेरियाबाट प्रभावति बन्ने गरेका छन् । मलेरियाकै कारण बार्षिक १ करोड मानिसहरु मृत्युको मुखमा पुगिरहेका छन् । विकासोन्मुख राष्ट्रका २८ प्रतिशत बालबालिकाहरु कुपोषणको शिकार बनेका छन् । त्यसैगरी बाढी पहिरो र सुनामी जस्ता प्राकृतिक प्रकोपका कारण सन् २००० देखि २००४ सम्ममा विश्वमा २ करोड ७२ लाख मानिसहरु प्रभावित बनेका छन् । जसमध्ये ९८ प्रतिशत जनता विकासोन्मुख राष्ट्रका छन् । स्व्स्थ्य र वाताबरण सम्वन्धिका यी भयावह तथ्यांक विश्वमा बढ्दै गइरहेको जलवायु परिवर्तनले निम्त्याएका केहि जल्दाबल्दा उदाहरण मात्रै हुन् । बढ्दै गइरहेको विश्वब्यापि तापक्रमले भविष्यमा ३ करोड ३० लाख जनता स्थायी र अस्थायी रुपमा बाढीबाट विस्थापित बन्ने तथ्यांक सार्वजनिक गरिएको छ । कार्वन डाईअक्साइड र कार्वन मोनो अक्साईडको बढ्दो निष्कासनले ओजन तह खिइदै गइरहेको छ । जसले विश्वब्यापि तापक्रम बढ्दै गइरहेको छ । वाताबरणविद्हरुका अनुसार एक दशकको अवधिमा विश्वब्यापि तापक्रम झण्डै ३ डिगि्र सेन्टिग्रेटका दरले बढिरहेको छ । जलवायुमा आएको यस्तो परिवर्तनबाट अहिले स्वास्थ्य शिक्षा राजनीति लगायत आर्थिक सामाजिक पक्षसँग जोडिएका सबैजसो क्षेत्र प्रभावित बनिरहेका छन् ।
विश्वब्यापि तापक्रम साधरणतया १ दशमलब १ देखि ६ दशमलब ४ डिगि्र से_िल्सयससम्म बढेको देखिन्छ । औसतमा १ दशमलब ८ देखि ४ डिगि्र से_िल्सयस सम्म बढेको तथ्यांकहरुले देखाएका छन् । यसको तत्काल न्यूनिकरण नथाल्ने हो भने आगामी २० देखि ३० बर्षको अवधिमा विशेष गरि गरीव राष्ट्रहरुको लागि समस्या निकै भयावह हुने भनाईहरु बाहिर आइरहेका छन् ।
विश्वमा बढ्दो जलबायु परिवर्तनबाट नेपाल पनि प्रभावित छ । वितेको ३२ बर्षको अवधिमा यहाँ १ दशमलब ८ डिगि्र से_िल्सयसले तापक्रम बढेको छ । खास गरी दिन र रातको समयमा तापक्रम बृद्धि उच्च हुने गरेको पाइन्छ । यहाँ चिसो दिनहरु घट्दै गएका छन् । यहाँका हिमनदी प्रति बर्ष शुन्य दशमलब ३ देखि १ मिटर प्रतिवर्ष पातलिदै गइरहेका छन् । जलवायु परिवर्तनकै कारणले गर्दा नेपालमा प्रतिबर्ष ५० मिटरका दरले हिमरेखा माथि तिर सर्दै गएको विज्ञहरुले बताएका छन् । यसबाट मुलुकका धेरै मानिसहरुको स्वास्थ्यमा समेत प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परिरहेको छ ।
नेपालमा विगतका बर्षको तुलनामा पछिल्ला केहि बर्षमा झाडा पखला डेंगु लगायतका रोगहरुको संक्रमण बढ्दै गइरहेको पाइन्छ । यस्ता रोगहरु बढ्नुका पछाडी जलवायु परिवर्तनलाई मुख्य कारणको रुपमा चित्रित गरिएको छ । तर यहाँ जलवायु परिवर्तनका बारेमा विस्तृत अध्ययन भने अझै पनि हुन सकेको छैन् । जलवायु परिवर्तनको समस्यालाई न्यूनिकरण गर्न नीतिगत रुपमा धेरै कुराहरु गर्न बाँकि छन् ।
जलवायुमा आएको परिवर्तनले जनस्वास्थ्यमा उत्पन्न समस्यालाई अहिलेसम्म प्रभावकारि रुपमा सम्बोधन गरिएको छैन । यो क्षेत्रमा केहि गैह्रसरकारी संघसस्थाहरुले अग्रसरता देखाएका छन् तर पनि उनीहरुका गतिविधि पनि खासै प्रभावकारी हुन सकेका छैनन् । उनीहरु पनि तारे होटलमा सेमिनार र गोष्ठिमै गर्दैमा ब्यस्त छन् । यसका लागि सार्वजनिक स्वास्थ्य सेवालाई प्रभावकारी र सर्बसुलभ बनाउनु आवश्यकता पर्छ ।
अहिले द्धन्द्ध रितिदै गएको प्राकृतिक श्रोत र समन्वयको अभाव अनि कमजोर नीति तथा कार्यक्रमका कारण विकास प्रंकि्रयामा विभिन्न अवरोध आइरहेका छन् । यसमा बढ्दो जलवायु परिवर्तनले थप समस्या सिर्जना गरेको छ । तर पनि जलवायु परिवर्तनका मुद्दाले यहाँ उचित स्थान भने पाउन सकिरहेका छैनन् । सर्बसाधरण देखि नीति निर्माणको तहमा बसेका धेरै मानिसहरु यसबारेमा अनभिज्ञ छन् ।
नेपालमा मात्र होइन जलवायु परिवर्तनकै कारण विभिन्न किसिमका रोगहरुको संक्रमण विश्व भरीनै बढ्दो छ । यसबाट विकासोन्मुख मुलुकका गरीव र संकटाभिमुख समुदाय सबैभन्दा बढि प्रभावित बनेका छन् । तसर्थ हाम्रा लागि गरीवी न्यूनिकरणका कार्यक्रम जतिकै जलवायु परिवर्तन विरुद्धका कार्यक्रमको पनि आवश्यकता छ ।
जलवायु परिर्वतनबाट सिर्जित यो समस्यामा धनि राष्ट्रहरु जिम्वेवार छन् । अमेरिका लगायतका मुलुकमा बढदो औधोगिक विकास र आणविक शक्तिको होडवाजिले जलवायुमा नकरात्मक प्रभाव पारेको छ । नेपाल जस्ता विश्वका विपन्न र विकासोन्मुख विपन्न राष्ट्रले पनि यसको ठूलो मूल्य चुकाउनु परिरहेको छ । त्यसैले बर्तमान् समयमा जलवायु परिवर्तन विश्वकै लागि एउटा प्रमुख चुनौतिको रुपमा खडा भएको छ । यसले मानव विकासका सबैखाले सुचांकमा ठूलो असर परिरहेको छ । बर्षा तापक्रम र पानीको उपलब्धतामा समेत यसले प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्ला केहि बर्षयता हामीहरुले नै समयमा पानी नपर्ने पानीका मूलहरु सुक्ने बेमौसममा बाढी आउने हिउ पर्ने लगायतका प्रभावहरु देखिन रहेका छौ । जसले गर्दा विश्वमै प्राकृतिक प्रकोपको जोखिम पनि निकै उच्च बनेको छ ।
हुन त विश्वका विभिन्न मुलुकहरुले वाताबरण विनास विरुद्ध आफ्ना प्रतिबद्धता जनाइसकेका छन् । उनीहरुले बातारण विनास विरुद्धको साझा अभियान अन्तर्गत क्योटो अभिसन्धिमा हस्ताक्षर गरेका छन् । नेपालले समेत यसमा आफनो प्रतिवद्धता जाहेर गरिसकेको छ । तर हामीले यो सन्धिमा उल्लेख भएका कतिपय कुराहरुलाई अहिले सम्म पनि ब्यवहारमा उर्तार्ने प्रयास गरेका छैनौ । फलस्वरुप जलवायु परिर्वतनको नकरात्मक प्रभाव घट्नुको सट्टा बढ्दै गएको पाइन्छ । यसैको कारणले उच्च गरीवि र कमजोर मानव विकासले बातावरण विनास विरुद्ध समुदायको क्षमता कमजोर बनेको छ । यसले विश्वमा गरीवहरुको संख्यात्मक बृद्धि मात्र गरेको छैन । जीविको पार्जन र शिक्षा स्वास्थ्य लगायतका मानव विकासका आधारभूत पक्षमा उनीहरुको पहुँच सुनिश्चित हुन सकेको छैन । दिन प्रतिदिन गरिवीको गुणात्मक पक्षमा आएको ह्रासले विशेष गरी विकासोन्मुख राष्ट्रका मानिसहरुको स्वास्थ्यको अवस्था दयनिय बन्दै गइरहेको छ । धनी राष्ट्रले मौसम परिवर्तनका कारण स्व्ाास्थ्यमा पर्न सक्ने प्रभावको बारेमा तयारी शुरु गरिसकेका छन् । तर विकासोन्मुख राष्ट्रले सबैभन्दा बढी प्रभाव खेपिरहेका छन् । उच्च गरीवि र सिमित सार्वजनिक स्वास्थ्य प्रणालीका कारण विकासोन्मुख राष्ट्रले यस्तो अभियान थाल्न सकिरहेका छैनन । वढ्दो तापक्रम न्यूनिकरणको लागि सबैभन्दा पहिला जनचेतना जगाउने र बढ्दो वातावरण विनासलाई रोक्नु जरुरी छ ।
भुटानमा सम्पन्न दक्षिण पूर्वी एशियाली राष्ट्रका स्वास्थ्य मन्त्रिहरुको भेलाले थिम्पु घोषणपत्र जारी गरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा बढ्दै गइरहेको समस्या समाधानको लागि प्रतिवद्धता जारी गरिसकेका छन् । यसै अनुसार नेपालले आफनो श्रोत र साधनको उच्चतम प्रयोग गर्दै विभिन्न कार्यक्रमहरु गरिहरेको छ । तर यतिका कार्यक्रम मात्रै पर्याप्त छैनन । बढ्दो वाताबरण विनास र यसबाट सिर्जित समस्या विरुद्ध लड्न सबैको साझा प्रयासको खाँचो छ । जलवायु परिवर्तन विगत धेरै समयदेखि अन्तराष्ट्रिय एजेण्डा बनेको छ । तर पनि यसको न्यूनिकरणका लागि विश्वब्यापि कार्यक्रमहरु प्रभावकारी रुपमा आउन सकिरहेका छैनन । जलवायु परिवर्तन बहुपक्षिय सवाल हो । तसर्थ बढ्दो वाताबरण विनास र यसबाट सिर्जित समस्या विरुद्ध लड्न विश्वब्यापि साझ अभियानको आवश्यकता छ । तव मात्र चुलिदै गइरहेको जलवायु परिवर्तन र यसबाट सिर्जित स्व्ाास्थ्य लगायतका सबै किसिमका समस्याको उचित समाधान सम्भव हुन्छ ।

No comments:

Post a Comment