Sunday, October 18, 2009

काठमाण्डौमा बढ्दो शहरीकरण र चुनौति


सुमन लुइटेल
२०६६ असोज
काठमाण्डौ कला संस्कृति र ऐतिहासिक शहरका रुपमा विश्वभरी नै परिचित छ । तर पछिल्लो समयमा बढ्दो पूर्वाधारको निर्माणले काठमाण्डौले आफनो पूरानो पहिचान विस्तारै गुमाउदै गएको छ । अध्ययनको शिलशिलामा होस वा अवसरको खोजीमा अथवा ब्यापार ब्यवसाय वा रोजगारीका कारण अहिले मूलुकका सबैजसो ठाउँका मानिसहरु राजधानी काठमाण्डौमा आउने क्रम निकै बढेको छ । त्यसैले पनि याहाँको जनसंख्या दिन प्रतिदिन बढ्दो छ । हुन त काठमाण्डौको जनसंख्याको बारेमा गहन अध्ययन भएका छैनन । त्यसैले यहाँको जनसंख्या यत्ति नै छ भनेर किटान गर्न सक्ने अवस्था छैन । तर पछिल्ला केहि तथ्याकले काठमाण्डौ उपत्यकामा करिव ४०लाख मानिसहरुको बसोबास रहेको देखाएका छन् । दिनहुँ जनसंख्याको चाप बढ्दो छ । जनसंख्याको यो बृद्धिसँगै काठमाण्डौमा भवन निर्माणको क्रमले पनि तिव्रता पाएको छ । त्यसैले राजधानी काठमाण्डौले अहिले आफनो विगतको पहिचान विस्तारै गुमाउदै गएको छ । अब्यवस्थित र अस्तब्यस्त शहरीकरणले ऐतिहासिक नगर कान्तिपुर अहिले क्रकि्रटको शहरका रुपमा चिनिन पुगेको छ ।
काठमाण्डौ महानगरकाको रेकर्ड अनुसार माहानगर भित्र वि।सं। २०५६ देखि वि।सं। २०६६ को एक दशकको अवधिमा ४० हजार ३ सय ७३ वटा भवन निर्माणका लागि स्वीकृती पाएका थिए । यो त माहानगर भित्रको कुरा भयो । काठमाण्डौ महानगरपालिका बाहेक भक्तपुर मध्यपुर ठिमि र ललितपुर उपमहानगर पालिका भित्र पनि भवन निर्माणको क्रम तिव्र रुपमा बढेको छ । अझ उपत्यका भित्रका महानगर उपमहानगर र नगरपालिका बाहेकका गाविसहरुमा समेत मानिसहरुको चाप निकै बढि छ । मूलुकका विभिन्न ठाउँबाट बसाइसरेर आउने मानिसहरुको बढ्दो आर्कषणले उपत्यका भित्रका गाविसमा समेत भवन निर्माणको क्रम शहरी क्षेत्रमा भन्दा निकै बढेको छ । काठमाण्डौको कपन गाविस-३ मा पाँच बर्ष अघिसम्म खेतको रुपमा धेरै जमिन देखिन्थ्यो । तर अहिले ती मध्ये धेरै जसो खेत प्लटिङ गरेर घडेरिको रुपमा विकास भइसकेका छन् । जसमा पनि धेरैमा त घर नै बनिसकेको स्थानीय राम श्रेष्ठ बताउँछन् । भवन निर्माणको बढ्दो यो क्रमले जग्गाको मूल्य समेत निकै बढाएको छ । कपन गाविसमा अहिले मोटर बाटोले छोएको जग्गाको मूल्य आनाको ७ देखी १५ लाख भन्दा पनि बढी पुगेको श्रेष्ठको भनाइ छ ।
कपन गाविसमा मात्रै होइन उपत्यकाका अन्य गाविसमा पनि यस्तै गतिमा भवन निर्माणको क्रम बढेको छ । बढ्दो शहरीकरण कै कारण भवन निर्माणमा आएको ब्यापकताले काठमाण्डौ उपत्यकाको सुन्दरता मात्रै असर गरेको छैन । यसको ऐतिहासिक र सास्कृतिक महत्वलाई समेत प्रभावित गरेको छ । उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको शहरी करणको प्रभावकारी रुपमा अनुगमन हुन सकेको छैन । त्यसैले यो शहरीकरण अब्यवस्थित र अनियन्त्रित बनेको छ ।
शहरीकरणको विश्वब्यापि मान्यता अनुसार प्रतिहेक्टर जमिनमा१२०० जनाको जनघनत्वलाई उपर्युक्त मानिन्छ । अझ यसमा पनि ३ देखि ४ तल्लाको घरको मापदण्ड तोकिएको छ । तर नेपालमा अझ त्यसमा पनि राजधानी शहरमै यो मापदण्ड लागु हुन सकेको छैन । सन १९६० को दशकमै काठमाण्डौको जनघनत्व अमेरिकाको न्यूर्योक शहरको भन्दा दोब्वर बढि रहेको बताइन्छ । अहिलेकै तथ्याकहरुलाई आधार मानेर हेर्ने हो भने पनि काठमाण्डौ उपत्यका करिव ४० लाख मानिसहरुको आश्रयस्थल बनेको छ । यहाँको क्षेत्रफल र जनसंख्यालाई गणितिय विभाजन गर्ने हो भने काठमाण्डौको अब्यवस्थित शहरीकरणको स्पष्ट तस्वीर देख्न सकिन्छ ।
सडक बाटो यातायात खानेपानी विजुली शिक्षा स्वास्थ्य र दैनिक जीवन यापनका आधारभूत आवश्यकता ब्यवस्थित शहरहरुमा सर्वसुलभ र सहज रुपमा उपलब्ध हुन्छन् । तर यी सबै कुराको उचित ब्यवस्थाका लागि पूर्वाधार त्यसमा पनि भवन निर्माणको कुरा पहिलो सर्तको रुपमा आउँछ । अझ भवन निर्माणमा पनि निश्चित मापदण्ड र गुणस्तरिय सामागि्रको प्रयोगलाई अनिवार्य गरिनु पर्छ । तवमात्र ब्यवस्थित शहरीकरण सम्भव छ । हुन त काठमाण्डौमा ब्यवस्थित शहरीकरणको लागि सरकारले शहरी विकास तथा भवन निर्माण आयोजना नामक छुट्टै निकायको समेत ब्यवस्था गरेको छ । तर पनि राजनीतिक हस्तक्षेप पर्याप्त ऐन कानुनको अभाव र भएका ऐन कानुनको फितलो कार्यन्वयन तथा प्रभावकारी अनुगमनको अभावले यो निकायको उपस्थितीले पनि बढ्दो शहरीकरणलाई खासै ब्यवस्थित गर्न सकेको छैन ।
सडक पूर्वाधारको विकास र भवन निर्माणको बढ्दो क्रमले मूलुकको आर्थिक सम्बृद्धिलाई देखाउँछ । तर यीनै पूर्वाधार अब्यवस्थित र अनियन्त्रित रुपमा विकास भए भने यसले थप जोखिम र चुनौतिलाई पक्षपोषण गर्छ । त्यसैले समयमै यस्तो जोखिमलाई न्यूनिकरण गर्नुपर्ने आवश्यकता छ । नत्र न्याउरी मारि पछुतो भने झै अगाडी गल्ति गर्ने र पछाडी त्यसको पश्चतापमा आँशु झार्नुको कुनै अर्थ हुने छैन ।

No comments:

Post a Comment