Sunday, October 18, 2009

संकटमा जीविका

सुमन लुइटेल
नवलपरासी २०६४



"एकातिर विस्थापित हुनुको पिडा त्यसमाथि साँझ विहान हातमुख जोड्ने समस्या पनि थपिए पछि यसले माझि बोटे र मुसहर समुदायको जीविका संकटमा परेको छ ।"

लालझरी माझी स-परिवार एक बर्ष अघि देखि नवलपरासिको दिब्यपुरी गाविसमा विस्थापित जीवन विताइरहेकी छिन् । उनको स्थायी घर नवलपरासिकै लौघाई हो । गत बर्ष नदीमा आएको बाढिले िसंगो गाउँ नै डुवाएपछि लालझरीको परिवारसँगै सिँगो गाउँनै विस्थापित बनेको छ । दिब्यपुरीमा लौघाई सहित रजहर र पिठौली गाविसका १२४ घर परिवारले आश्रय लिइरहेका छन् । यहाँ विस्थापित भई आएका मध्ये अधिकांश माझि बोटे र मुसहर समुदायका मानिसहरु छन् । त्यसबाहेक केहि दलित र अन्य समुदायका मानिसहरु समेत नारायणि नदीको डुवानबाट विस्थापित भएर यहाँ आएका छन् । नारायणि नदीका माछा अनि जंगलमा भेटिने साग र सिस्नो नै उनीहरुको गुजारा चलाउने मुख्य आधार हुन् । तर अहिले त्यो सबै जंगल चितवन राष्ट्रिय निकुाज र यसको मध्यवर्ति क्षेत्रमा गाभिएको छ । जहाँ निकुाजको स्विकृति विना प्रबेश गर्न पाइदैन । नारायणि नदीमा लाइसेन्स नलिइ माछा मार्न पाइदैन । फलस्वरुप सदिऔ देखि उपभोग गर्दै आइरहेका प्राकृतिक श्रोतमाथि उनीहरुको पहुँच गुमेको छ । लालझरि भन्छिन्-ुभएको थोर बहुत जमिन गत बर्ष नारायणिले बढार् यो । अन्न बालि उत्पादनका लागि अहिले एक टुक्रा जमिन पनि बाँकि छैन अव के गरेर गुजारा चलाउने विसं २०५८ को जनगणना अनुसार नवलपरासीमा माझी बोटे र मुसहर समुदायको जनसंख्या ७२४३ रहेको छ । जिल्लाका ४० वटा गाविस र एक नगरपालिकामा ४०३ घरधुरी बोटे १५८ घरधुरी माझि र ६०२ घरधुरी मुसहर समुदाय रहेका छन् । जसमध्ये २५१ घरधुरीसँग मात्रै आफनो नाममा दर्तावाल जमिन छ । करिव ७८।४५ प्रतिशत माझी मुसहर र बोटे समुदाय सुकुम्वासी छन् । जमिन भएका हरुमध्ये पनि अधिकांशसँग एक वा आधा कठ्ठा भन्दा बढि जमिन पनि छैन । माझी बोटे र मुसहर समुदायको मुख्य पेशा नै घाट तार्ने माछा मार्ने र जंगलबाट साग सिस्नु टिपेर विकि्र गर्ने हो । यसैवाट उनीहरुले परिवारको गुजारा चलाउदै आएका छन् । माझि बोटे र मुसहर समुदाय आर्थिक रुपमा विपन्न छन् । उनीहरुसँग आम्दानीको लागि अन्य नियमित र भरपर्दो श्रोत पनि छैन् । प्राकृतिक साधन नै उनीहरुको जीविकोपार्जनको मुख्य आधार हो । तर यी प्राकृतिक साधान माथीको पहुँच न्यून हुदै गएपछि उनीहरुकोजीविकोपार्जनको सबाल चुनौतिपूर्ण बनेको छ । एकातिर विस्थापित हुनुको पिडा त्यसमाथि साँझ विहान हातमुख जोड्ने समस्या पनि थपिए पछि यसले माझि बोटे र मुसहर समुदायको जीविका संकटमा परेको छ । माझि बोटे र मुसहर समुदायलाई वि सं १९९७ सालमा गैडाकोट देखि लेडाघाटसम्मको नारायणि नदीमा माछा मार्ने र घाट तार्ने काम गर्न पाउने गरी तत्कालिन राजाले लालमोहर लगाएर दिएका थिए । यसैका आधारमा उनीहरुले भोसारघाट लेडाघाट सिख्रौलीघाट र नारयणघाटमा डुंङ्ग चलाएर जीविका चलाउँथे । उक्त लालमोहर चितवन राष्ट्रिय निकुाजले वि।सं।२०३२ सालमा खारेज गरिदियो । माझी बोटे र मुसहर कल्याण समितिका अध्यक्ष टेकबहादुर माझि भन्छन्-ुत्यसबेला हामीलाई गाउँका जमिन्दार सरह नै खान पुग्थ्यो । तर अहिलेको अवस्था त नाजुक छ । उनले भने-ुविगतमा ढुंगा तार्ने कतिपय घाटमा अहिले पुल बनेका छन् । हामीले दिनँहु माछा मर्ने गरेका नदी र खोलामा जिल्ला विकास समितिले ठेक्का लगाएको छ । जिल्ला विकास समितिबाट लाइसेन्स नलिइ माछा मार्न पाइदैन । लाइसेन्स लिने प्रकि्रया एकदमै झन्झटिलो र लामो छ । बस्तिका अधिकांश मानिसले यो लाइसेन्स लिन सकेका छैनन् । त्यसैगरी पहिला साग सिस्नु टिप्ने गरेको जंगल अहिले राष्ट्रिय निकुाज र मध्यवर्ति क्षेत्रमा गाभिएको छ । अहिले आफुले चाहेको बेला जंगल गएर साग सिस्नो टिप्न पाँइदैन । लुकि छिपि जंगल जानु पर्छ । यसरी लुकिछिपि जंगल जादा धेरै जोखिम पनि हुन्छ । एकातिर जनावरको डर त छदैछ । त्यसमाथि मान्छेको डर पनि उत्तिकै हुन्छ । निकुजका कुनै सुरक्षाकर्मि वा अन्य कर्मचारीले भेट्टाए भने शारिरिक र मानसिक पिडा दिन्छन् । निकुाजका कर्मचारीले धेरै पटक उनीहरुको माछा मार्ने जाल र लुगाफाटो जलाई दिएका छन् । पुर्खाै देखि माझी बोटे र मुसहर समुदायले जीविकाका लागि प्रयोग गर्दै आएको नदी र जंगल लगायतका प्राकृतिक श्रोत माथि उनीहरुको स्वामित्व अझै कायम हुन सकेको छैन । परम्परागत पेशामा आएको परिर्वतनसँगै पहाडबाट बसाई सराईले यी जातिको स्वतन्त्र पेशामा अवरोध पुर् याएको छ । चितवन राष्ट्रिय निकुाजको स्थापना र विभिन्न उद्योगहरुको प्रदुषण लगायतका कारणले नदीबाट प्राप्त हुने खाद्य पदार्थमा ह्रास आएको छ । यसले गर्दा नदी किनारामा बसोबास गरेर नदी र जंगललाई जीविकोपार्जनको माध्याम बनाएका यी समुदायको पेशा संकटमा परेको छ । यसले यी विपन्न र भूमिहिन समुदायको खाद्य सुरक्षाको सवालमा गम्भिर प्रश्न चिन्ह खडा गरेको छ । सदियौ देखि उपभोग गर्दै आएको प्राकृतिक श्रोत माथि आफुहरुको स्वामित्व कायम हुनु पर्ने उनीहरुको माग छ । तर पनि यस प्रति सम्वन्धित निकायले खासै ध्यन दिएको पाइदैन । माझि बोटे र मुसहर कल्याण समितिका सचिव धरमबहादुर माझि भन्छन्-ुअरुले भोग चलन गरेको जमिन उनीहरुको नाममा दर्ता हुने तर हामीले भोगचलन गरेको प्राकृतिक श्रोत हाम्रो नाममा दर्ता नहुने यो कस्तो न्याय हो मानिसका लागि गाँस बास र कपास जीवीकोपार्जनका मुख्य आधारभूत तत्व हुन । तर यहाँका विपन्न माझि बोटे र मुसहर समुदाय मानव जीवनका लागि आवश्यक यस्ता सबै कुराबाट बिाचत छन् । उनीहरुको खाद्य सुरक्षाको अवस्था त झनै नाजुक छ । खान पाउनु सबै नागरिकको अधिकार हो । पर्याप्त खाना माथि प्रत्येक नागरिकको अधिकार हुन्छ । यसलाई अन्तराष्ट्रिय सन्धि सम्झौताले समेत ग्यारेन्टि गरेका छन् । सन् १९९६ को आर्थिक समाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धि अन्तर्राष्ट्रिय प्रावधानमा भोकवाट छुटकारा पाउनु मानिसको नैसर्गिक अधिकारको हो भनि उल्लेख गरिएको छ । विश्वका धेरै मुलुकले खाद्य अधिकारलाई मानिसको बाँच्न पाउने अधिकार भनि किटान गरेका छन् । नेपालले समेत आत्मासाथ गरेर खाद्य सुरक्षालाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ । तर पनि प्रतिवद्धता अनुसार काम भने हुन सकेको छैन् । यहाँका माझि बोटे र मुसहर समुदायको खाद्य सुरक्षामा सहयोग पुर् याउन एक वर्ष अघिदेखि खाद्य सुरक्षा कार्यक्रम संाचालन भइरहेको छ । एक्सन एड नेपाल विजय विकास श्रोत केन्द्र र केहि स्थानीय गैरसरकारी संस्थाको साझेदारीमा यो कार्यक्रम साचालन भएको हो । कार्यक्रम अन्तर्गत नदी डुवान र कटानबाट विस्थापित माझि बोटे र मुसहर लगायतका समुदायलाई अहिले सुरक्षित आवासको ब्यवस्था मिलाइएको छ । उनीहरुले सुरक्षित वास त पाए तर गासका लागि उनीहरुलाई अझै पनि हम्मे हम्मे छ । उनीहरुको जीविका संकटमा परेको छ ।


No comments:

Post a Comment