Monday, October 19, 2009

पहिरोमा मुण्डिएको बस्ति





सुमन लुइटेल
घोर्मू रसुवा 
"मुलुकमा प्रकोपका क्षेत्रमा काम गर्ने दर्जनौ राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरका संघ सस्था रहेका छन् यीनिहरुले बर्षेनी प्रकोपका विरुद्धमा ठूलो धनराशी खर्च गरिरहेका छन् तर घोर्मूका यी मानिसहरुको घाउमा मलम लगाउने काम कतैबाट पनि हुन सकेको छैन "
मिलेको बस्ति चिटिक्क परेका घर मेहनत श्रममा रमाउने मानिसहरु घोर्मु गाउँका विशेषता हुन् पाहाडको मध्य भागमा रहेको यो गाउँ टाढाबाट हेर्दा निकै सुन्दर आर्कषक देखिन्छ बाहिरबाट हेर्दा गाउँ जति सुन्दर देखिन्छ यसभित्र लुकेको पिडा भने विछट्टै काहाली लाग्दो बेदनाले भरिएको यो सुन्दर वस्ति कतिखेर समसानमा परिणत हुने हो यसको कुनै निस्चितता छैन् गाउँको सिरान देखि दुवै तिर चिरिएर विसाल पहिरो निस्किएका छन् यी पहिरोले यो बस्तिको सुन्दरतालाई फिका बनाइदिएका छन रसुवा जिल्लाको यसा्र गाविस- मा रहेको यो बस्तिमा एक बर्ष अघि सम्म पहिरोको कुनै त्रास थिएन् प्रकोप के हो कस्तो हुन्छ यी निरक्षर निमुखा मानिसहरु यसबाट अनभिज्ञ थिए बास्तबमै उनीहरुको लागि यो शब्द विल्कुलै नयाँ थियो तर विगत एक बर्ष अघि देखि यहाँका मानिसहरु प्रकोपसँग दिनहु पैठेजोरी खेलिरहेका छन् अहिले िसंगै गाउँ पहिरोको चपेटामा परेको पहिरोको जोखिमलाई हेर्दा यो वस्तिलाई तल्काल सुरक्षित स्थानमा सारिनु पर्ने हो तर यसमा अहिलेसम्म कसैको पनि ध्यान गएको पाइदैन् िसंगो बस्ति नै खतरामा यो कुरा यहाका मानिसहरुलाई राम्ररी थाहा पनि तर उनीहरुसँग यो ठाउँ छोड्नलाई अर्काे सहज विकल्प छैन गाउँका ८२ घरधुरीलाई सुरक्षित ठाउँमा सार्न ठूलो आर्थिक श्रोत आवश्यक हुन्छ दिनहँु ज्यामि काम गरेर जीविका चलाउने यहाँका समुदायको लागि यो काम आकाशको फल आँखा तरी मर भन्ने उखान जस्तै हुन्छ यहाँका प्रकोप पिडित मानिसहरु सहयोगको याचना गर्दै जिल्लाका सरकारी निकायमा धेरै पटक धाए तर उनीहरुको कुरा कतैपनि सुनुवाइ भएन तसर्थ उनीहरु ज्यानै जोखिममा राखेर भए पनि पहिरो मुनीको यो बस्तिमा बस्न बाध्य छन् कुरा करिव एक बर्ष अघि अर्थात् २०६३ साल साउन महिनाको हो बर्षादको समय भएपनि पानी परेको थिएन दिनभरी कामको चटारोले थाकेका स्थानीय बासिन्दा घरधन्दाको काम सकेर मस्त निद्रामा थिए रातको करिव १२ बजे अचानक पहिरो आयो पहिरोले दुइवटा गोठ त्यहा सुतिरहेका १० जना मानिस सहित सम्पूर्ण चौपाया बगाउछ कुनै भारी बर्षा भू कम्प पहिरोका कुनै संकेत नै यसरी मध्य रातमा अचानक आएको पहिरोले केहि छिनमै गाउँको स्वरुप नै विगारीदिन्छ आफन्त गुमाउनुको पिडा छदैछ त्यसमाथि पनि एकबर्षसम्म पहिरोको रोकथामका लागि सरकारी गैरसरकारी निकाय कतैवाट पनि सहयोग नपाउदा चै घोर्मुबासिको जीवन प्रतिको मोह नै सकिएको यो पहिरोका कारण तीन घरधुरीले अफना परिवारका सदस्य गुमाउनु पर्यो गाउँमा रहेको किलोवाट क्षमताको विधुत गृह सहित करिव ७४ लाख रुपैया बराबरको धनसम्पति क्षति भयो घोर्मू जस्तै रसुवाका धेरै गाउँहरु पहिरोको प्रकोपमा छन् केहि बर्ष अघि गरिएको एक अध्ययनले रसुवामा भू कम्पको केन्द्र विन्दु रहेको देखाएको यहि कारण पनि यो जिल्ला पहिरोको प्रकोपका हिसावले संवेदनशिल मानिन्छ तसर्थ यो जिल्लामा पहिरो रोकथामको लागि विशेष कार्यक्रम नै संचालन गरिनु पर्ने आवश्यकता मुलुकमा प्रकोपका क्षेत्रमा काम गर्ने दर्जनौ राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरका संघ सस्था रहेका छन् यीनिहरुले बर्षेनी प्रकोपका विरुद्धमा ठूलो धनराशी खर्च गरिरहेका छन् तर घोर्मूका यी मानिसहरुको घाउमा मलम लगाउने काम कतैबाट पनि हुन सकेको छैन यतिका जनधनको क्षति हुँदा पनि जिल्लाका सरकारी निकाय सहित ती सबै गैरसरकारी संघ सस्थाहरु यी घटना प्रति मुक दर्शक भएर बसिरहे फेरी बर्षादको समय शुरु हुन लागेको एक बर्ष अघिको त्यो हृदयविदारक घटना सेलाउन पाएको छैन यो बस्ति यसमा आश्रित मानिसहरुलाई सम्भावित दूर्घटनाबाट जोगाउन विशेष पहल नर्गर्ने हो भने कतै यो सुन्दर बस्ति अनि यी निरिह मानिसहरु फेरी पनि समाचारका हेडलाइन बन्ने होनन्


No comments:

Post a Comment