Saturday, October 24, 2009

उदाहरणिय बछयौलीका महिला

सुमन लुइटेल 
"सहकारीबाट ऋण लिएर आयअर्जनका काम गर्न पाएपछि अहिले यहाँका महिलाहरु आर्थिक रुपमा सवल बन्न थालेका छन्  "
सहयोग सानै किन नहोस तर यसलाई उचित रुपमा परिचालन गरेमा यसबाट राम्रो प्रतिफल लिन सकिन्छ यो कुरालाई ब्यवाहारमै उतारेर देखाएका छन् चितवनको बछयौली गाविसका महिलाहरुले विक्रम संम्वत २०५२ सालमा स्थानीय महिलाहरुको सहभागितामा शुरु भएको महिला शसक्तिकरणको अभियान आज सबैका लागि उदाहरण बनेको त्यसवेला / जना स्थानीय महिलाहरुको सहभागितामा बछयौलीका हरेक वडामा एक/ एक वटा समुह गठन गरिएको थियो ग्रामिण महिलाहरुलाई संगठित गरि उनीहरुको सामाजिक आर्थिक रुपान्तरण्का लागि नारी चेतना केन्द्र काठमाण्डौले यो अभियानको थालनी गरेको थियो यहि अभियान अन्तर्गत गठन भएका स्थानीय समुह मिलेर वि सं २०५५ सालमा बछयौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको स्थापना भयो समुह गठन बचत संकलन समुहका सदस्यहरुलाई सानो परिमाण्मा काममा लगानी गर्दै करिव हजार रुपैयाबाट शुरु भएको यो अभियान आज करिव एक करोड रुपैयाको कारोवारमा आइ पुगेको करिव १३ बर्ष अगाडी अर्थात् यो सहकारी अहिले जिल्लाकै उत्कृष्ट नमुना सहकारीको रुपमा चिनिन्छ यो सहकारीमा अहिले करिव सय महिला सदस्य छन् सहकारीको साचालन ब्यवस्थापनको सम्पूर्ण काम यीनै महिलाहरुले गरिरहेका छन् विभिन्न समुहमा अवद्ध भएका सदस्यहरुले शुरुमा २५ रुपैयाँबाट बचत थालेका थिए अहिले उनीहरु मासिक १०० रुपैया बचत गर्न थालेका छन् सहकारीबाट ऋण लिएर आयअर्जनका काम गर्न पाएपछि अहिले यहाँका महिलाहरु आर्थिक रुपमा सवल बन्न थालेका छन् त्यसैले उनीहरुले अव आफनो मासिक बचतलाई बृद्धि गर्दै लैजाने लक्ष्य लिएका छन् बछायौली गाविसमा गठन भएका विभिन्न महिला समुहले गरेको बचतलाई कानुनी रुपदिन वि।सं। २०५५ सालमा बछयौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरियो नारी चेतना केन्द्र काठमाण्डांैले पटक गरी दिएको लाख रुपैयाँ विउ पूँजि सदस्य महिलाहरुको बचतबाट शुरु भएको सहकारीको यात्रा अहिले करिव करोड रुपैयाँको कारोवारमा आइपुगेकेा सहकारीले आफना सदस्यको मागको आधारमा धितो विना धितो ऋण सुविधा उपलब्ध गराउदै आइरहेको ५० हजार भन्दा कम रकमका लागि सदस्यहरुले कुनै पनि धितो राख्नु पर्दैन तर यो भन्दा माथिको रकमका लागि भने धितो अनिवार्य गरिएको त्यो पनि महिला सदस्यकै नामको हुनु पर्ने ब्यवस्था शुरुका दिनमा वडा वडामा समुह गठन गर्न निकै समस्या थियो इच्छ भएर पनि कतिपय महिलाहरु परिवार समाजको डरले समुहमा बस्न डराउँथे यसले उनीहरुलाई समुहको बैठकमा सहभागि हुन बचत संकलन गर्न निकै समस्या हुन्थ्यो त्यतिखेर कतिपयले अरुनै वाहाना बनाएर पनि समुहका बैठकमा सहभागिता जनाएका थिए तर आज हिजोको तीनै समुह मिलेर बनेको सहकारी आज उनीहरुको सामाजिक आर्थिक विकासको मुख्य आधार बन्न पुगेको त्यसले अहिले याहाँका महिलाहरु मात्र नभएर उनीहरुका परिवारका अन्य सदस्यहरु समेत यो कामबाट निकै खुसि छन् सहकारीले विना धितो सस्तो ब्याजदरमा ऋण दिन थालेपछि महिलाहरुले यसलाई विभिन्न काममा लगाएका छन् यहि ऋणलाई परिचालन गरेर भएको आम्दानीबाट आज कतिपयले जमिन समेत जोडेका छन् बछयौली गाविस - कि ५० बर्षिया बनुही चौधरी यसको ज्वलन्त उदाहरण बनेकि छिन् उनी थारु समुदायकि महिला हुन आफनै किसिमको सांस्कृतिक परम्परा रहेको थारु समुदायका महिलाहरुमा आर्थिक अधिकार नै हुदैन भन्दा फरक पर्दैन तर यीनले आफनै पौरखले अहिले १२ कठ्ठा खेत जोडिसकेकि छिन् उनीसँग कठ्ठा मात्रै खेत थियो त्यसैले विगतमा उनी जीविकाका लागि अरुको जमिन कमाउँथिन १० बर्ष अघि नारी चेतना केन्द्रको सहजिकरणमा गाउँमा महिला समुह गठन भयो बनुहि पनि यसमा सहभागि भइन हजार रुपैयाँ ऋण लिएर बाख्रा पाल्न थालिन बाख्राबाट भएको आम्दानी समुहबाट पटक पटक ऋण लिदै उनले ब्यवसाय विस्तार गर्दै आफनो आम्दानी समेत बढाइन सँगै उनले भाडामा जमिन लिएर मुसुरो धान तोरी लगायतका अन्न उब्जनी गरिन् यहि आम्दानीले उनले २०५३ सालमा कठ्ठा २०६५ सालमा कठ्ठा खेत किनेकि हुन पहिला उनलाई गाउँबाट निस्कन समेत डराउने यी महिला अहिले समुहका बैठक देखि गाउँघरमा हुने अन्य सामाजिक काममा समेत अग्रसर हुन्छिन सहकारीबाट भेट्टाएको आयआर्जनका काम गर्ने अवसरले बछयौलीका महिलामा ठूलो आर्थिक रुपान्तरण ल्याएको हिजो गाउँघरमा हजार रुपैयाँ ऋण लिन डराउने यी महिलहरु आज लाख रुपैयाँसम्म ऋण लिन सक्ने अवस्थामा पुगेका छन् विना झन्झट महिलाहरुले आफनै नाममा ऋण लिएर आवश्यकता अनुसार परिचालन गर्न सक्छन यसले कतिपय महिलाहरुलाई परिवारको आर्थिक निर्णयको अधिकार समेत मिलेको आर्थिक कि्रयाकलापमा महिलाहरुकॊ उनीहरुका श्रीमान तथा घरका अन्य पुरुष सदस्यहरुले समेत आयआर्जनका विभिन्न काम गर्न पाएका छन् बाख्रापालन टाँग्ाा ब्यवसाय किराना पसल टेलस्र औषधी पसल कुटानी पिसानी गर्ने मिल लगायतका गतिविधिले यहाँका समुदायको आर्थिक हैसियत विस्तारै माथि उठ्दैछ यसले समुदायमा ब्याप्त गरीविलाई न्यूनिकरण गर्न सहयोग पुगेको

No comments:

Post a Comment