Monday, October 19, 2009

नेपालमा बालश्रम उन्मुलनका प्रयास र यसका चुनौति

राष्ट्रिय जीवनस्तर सर्वेक्षणको पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब १८ लाख बालबालिका श्रमका विभिन्न क्षेत्रमा कार्यरत छन् जसमा देखि १४ बर्ष उमेर समुहका मात्रै करिब १० लाख बालबालिकाहरु रहेका छन् "
 सुमन लुइटेल
हामीहरु हरेक बर्ष बालबालिकाका अधिकारका कुरा गरेर आधा दर्जन भन्दा बढिको संख्यामा राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न दिवसहरु मनाउछौ विशेष गरि श्रमिक बालबालिकाको सबालमा सयौ पटक तारे होटलहरुमा लाखौ खर्च गरेर भब्य गोष्ठि कार्यशालाहरु आयोजना गर्छाै कार्यपत्र बनाउछौ विज्ञहरु डाकेर ब्यापक छलफल पनि गर्छा तर पनि बालबालिकाका क्षेत्रमा सोचे अनुसारका उपलब्धिहरु हासिल गर्न भने सक्दैनौ यो हाम्रो विगत देखि बर्तमानसम्मका कामले दिएको एउटा तितो अनुभव हो आखिर किन सायद यो प्रश्न अनुत्तरित यसको जवाफ खोज्ने प्रयास काहि कतैबाट भएको छैन वि।सं।२०५८ सालको जनगणना अनुसार नेपालमा १६ बर्ष भन्दा मुनिका बालबालिकाको संख्या ९४ लाख ७५ हजार सय ९४ रहेको जुन मुलुकको कुल जनसंख्याको ४१ प्रतिशतको हाराहारी हो जसमध्ये करिव ५१ प्रतिशत बालक ४९ प्रतिशत बालिका रहेका छन् राष्ट्रिय जीवनस्तर सर्वेक्षणको पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब १८ लाख बालबालिका श्रमका विभिन्न क्षेत्रमा कार्यरत छन् जसमा देखि १४ बर्ष उमेर समुहका मात्रै करिब १० लाख बालबालिकाहरु रहेका छन् नेपाल श्रम शक्ति सर्भेक्षणले आर्थिक बर्ष २०५५/०५६ मा गरेको अध्ययनले देखि १४ बर्ष उमेर समुहका ४० प्रतिशत बालबालिका आर्थिक कि्रयाकलापमा सकि्रय रहेको देखाएको यी भिन्न भिन्न तथ्यांकलाई हेरेर विष्लेषण गर्ने हो भने बालबालिकाहरु श्रमको क्षेत्रमा आउनुको पछाडि गरिबि प्रमुख कारणको रुपमा रहेको स्पष्ट देखिन्छ मुलुक भित्र बालबालिकाको क्षेत्रमा काम गर्ने मात्रै करिव सय भन्दा बढिको संख्यामा सरकारी तथा गैरसरकारी संघ संस्थाहरु रहेको बताइन्छ विभिन्न अन्तर्राष्ट्रिय संघ सस्थाहरुले समेत बालबालिकालाई लक्षित गरेर यहाँ धेरै किसिमका कार्यक्रमहरु संचालन गरिरहेका छन् सरकारले समेत छुट्टै मन्त्रालय नै राखेर बालबालिकाको सबाललाई उच्च प्राथमिकता दिएको देखिन्छ सन् २००९ सम्ममा सात वटा निकृष्ट प्रकारका बालश्रम उन्मुलन गर्ने सन् २०१४ सम्म नेपाललाई बालश्रम मुक्त राष्ट्र बनाउने महत्वकांक्षि लक्ष्य समेत राखिएको त्यसैगरी सहश्राब्दि विकास लक्ष्य प्राप्तिका लागि सन २०१५ सम्ममा सबैका लागि शिक्षा कार्यक्रम संचलन भइरहेका वालश्रम विरुद्ध यति विघ्न प्रयास हुदा हुदै पनि उनीहरुको संख्यात्मक गुणात्मक अवस्थामा खासै सुधार आउन सकेको छैन शिक्षा स्वास्थ्य पोषण लगायतका क्षेत्रमा बालबालिका त्यसमा पनि विशेष गरि बालश्रमिकहरुको अवस्था नाजुक केन्द्रिय तथ्यांक विभागका अनुसार ३७ लाख ९० हजार बालबालिकाहरु अहिले कुपोषण त्यसबाट लाग्ने रोगको शिकार बन्ने गरेका छन् जुन मुलुकमा रहेका कुल बालबालिकाको जनसंख्याको करिव ४० प्रतिशत हिस्सा हो सरकारी तथ्याङ्क अनुसार करिव ८१ प्रतिशत बालबालिकामात्र विद्यालय गएका छन् अझै पनि वर्ष मुनिका करिव १५ प्रतिशत बालबालिका विद्यालय जान सकेका छैनन् आधारभूत बालअधिकारको पाटोमा उनीहरुको पहुँच पुगिसक्नु पर्ने हो तर पनि अहिलेसम्म यी सबै कुराहरु छाँयामा परेका छन् वालश्रम विरुद्ध विगतमा भएका प्रयासहरु केवल सतहि रुपमा ल्याइए बालबालिकाहरु श्रममा आउनुको बास्तविक कारण बुझ्ने प्रयास काहि कतैबाट पनि हुन सकेन भन्दा फरक नपर्ला अहिले पनि बाल बालिकाहरु श्रमका विभिन्न क्षेत्रमा जोखिमपूर्ण काम गरिरहेका छन् हुन नेपालमा बालश्रम उन्मुलनका लागि कानुन समेत निर्माण भइसकेको कानुनले बालश्रमलाई दण्डनिय मानेको बालश्रम निषेध नियमित गर्ने ऐन २०५६ ले १४ बर्ष भन्दा मुनिका बालबालिकालाई ललाइफकाई झुक्याएर वा अन्य कुनै प्रलोभनमा वा डर त्रास देखाएर निजको इच्छ विपरित श्रमिकका रुपमा लगाउन प्रतिबन्ध लगाएको भने १६ बर्ष भन्दा मुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउनेलाई दण्ड सजायको ब्यवस्था गरेको तर पनि कानुनको प्रभावकारि कार्यन्वयन हुन सकेको छैन कानुनले बालबालिकाको उमेर अनुसार गरिने कार्यमा भने कुनै किसिमको प्रतिवन्ध लगाएको छैन यसरी उमेर अनुसार गरिने कार्यले बालबालिकाको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताइन्छ सरकारले यसबाहेक अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको बालश्रम नियन्त्रण उन्मुलन सम्वन्धि अभिसन्धि १३८ निकृष्ट प्रकारको बालश्रम उन्मुलन गर्ने अभिसन्धि १८२ लाई समेत अनुमोदन गरेको जसअन्तर्गत बालश्रम उन्मुलनका लागि विभिन्न कार्यक्रमहरु साचालन भइरहेका छन् तर यी कार्यक्रमहरु बास्तविक रुपमा गहिराइमा पुग्न सकेका छैनन् फलस्वरुप यतिका प्रयास हुदाँ हुदै पनि यहा बालश्रमिकहरुको अवस्थामा तात्विक सुधार आउन सकेको छैन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तयार गरेको बालश्रम सम्बन्धी राष्ट्रिय गुरुयोजना २००४-२०१४ मा उल्लेख भए अनुसार कृषिक्षेत्रमा ९४।७ प्रतिशत सेवाक्षेत्रमा १।५६ प्रतिशत निर्माण तथा यातायात क्षेत्रमा १।५६ प्रतिशत साधारण प्राविधिक कार्यहरुमा ०।८४ प्रतिशतऔद्योगिक क्षेत्रमा ०।७८ प्रतिशत बिकि्रबितरण क्षेत्रमा ०।४२ प्रतिशत बालश्रमिकहरु सकि्रय छन् यसलाई हेर्दा कृषि क्षेत्रमा बालश्रमिकहरुको उपस्थिति बढि देखिन्छ यसो हुनुको पनि विशेष कारण मुलुकका ८० प्रतिशत भन्दा बढि मानिसहरु कृषिमा आश्रित रहने गरेका छन् अन्य क्षेत्रमा कामको अवसर प्राप्त नहुनाले पनि धेरै मानिसहरु कृषि काममा संलग्न हुनु पर्ने बाध्यता प्रत्येक बर्ष लाख नेपालीहरु काम गर्ने उमेरका हुन्छन् जसमध्ये ९० प्रतिशत मानिस कृषि पेशामा लाग्ने गरेको विभिन्न तथ्यांकहरुले देखाएका छन् देशको रोजगारीको प्रमुख श्रोत नै कृषि क्षेत्र बन्न पुगेको फलस्वरुप बालबालिकाहरु पनि कुनै कुनै हिसावले कृषि कार्यमा संलग्न हुन बाध्य हुन्छन् तसर्थ नेपालले सहश्राब्दि विकास लक्ष्यमा गरेको प्रतिवद्धता पुरा गर्न बालश्रम रहित समाज निर्माणका लागि हाल साचालन भइरहेका कार्यक्रमहरुको ढाचाँमा ब्यापक परिमार्जनको खाँचो कृषि क्षेत्रमा आधुनिकीकरण रोजगारीका अवसरको सिर्जना सचेतना कार्यक्रममा तिव्रता जस्ता कुरालाई प्राथमिकता दिइ समाजमा ब्याप्त गरीबि न्यूनिकरणका लागि ठोस कार्यक्रम साचालन गर्नु पर्ने अहिलेको टड्कारो आवश्यकता हो यसो गर्न सकेमा मात्र श्रममा बालबालिकाको उपस्थितिलाई वास्तविक रुपमा घटाउने सम्भव सरकार लगायत श्रमिक बालबालिकाको क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले यो महत्वपुर्ण पक्षलाई कुनै पनि हालतमा विसर्नु भने हुदैन भोलिका दिनमा बालश्रम विरुद्ध कुनै पनि कार्यक्रम ल्याउनु पूर्व पर्दापछाडि रहेका यी कारणहरुको सुक्ष्म अध्ययन गरिनु उपर्युक्त हुन्छ श्रमको क्षेत्रमा बालबालिकाको आगमनको मुख्य कारण गरिबिलाई मानिएको यो सँगै सामाजिक शैक्षिक लगायतका पक्ष पनि अदृश्य रुपमा बालश्रमिक बढाउनमा सहभागि छन् आर्थिक अभाबकै कारण धेरै बालबालिकाहरु नचाहाँदा नचाहादै पनि श्रमबजारमा आइपुग्ने गरेका छन् बालबालिकालाई कामबाट हटाउने मात्रै नभइ तिनीहरुको जीविकोपार्जनको मुद्धालाई समेत प्रभावकारी सम्वोधन गरिनु पर्छ बालश्रम उन्मुलन गर्ने भन्ने वित्तिकै बलश्रमलाई जर्वजस्ति हटाउने भने होइन बालश्रमसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका गरिबि शिक्षा स्वास्थ्य चेतनाको अभाव लगायतका कुराहरुलाई उचित रुपमा सम्बोधन गरिनु पर्छ नेपालमा बालश्रम उन्मुलनका लागि कार्यक्रम भन्दा पनि बालबालिकाहरु श्रममा लाग्नुको मुख्य कारक तत्व गरिबिलाई लक्षित गरि कार्यक्रम संचालन गरिनु पर्छ यदि विपन्न परिवारले आय आर्जनका विकल्प भेट्छन जीविकोपार्जनका लागि सहज परिस्थिति बन्छ भने कुन चाहि त्यस्तो अभिभावक हुन्छ जसले आफना कलिला नानीहरुलाई विद्यालय पठाउनुको सट्टा जोखिमपूर्ण श्रममा पठाउला यतातिर सरकार बालश्रमिकको क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले पनि ध्यान दिनु पर्ने देखिन्छ

No comments:

Post a Comment