Sunday, October 18, 2009

दुध बेचेर आम्दानी लिदैछन दलित

सुमन लुइटेल
डोटी २०६४
सुदुर पश्चिमाचलको विकट पहाडी जिल्ला डोटी विशेष गरी जातिय छुवाछुतमा निकै कट्टर मानिन्छ । यहाँ अझै पनि दलित समुदायलाई गाई भैसिको दुध खान दिइदैन । दुध खान दिइयो भने गाई भैसि विरामी हुन्छन भन्ने अन्धविश्वास ब्याप्त छ । यहाँ सम्मकी दलित समुदायका मानिसलाई गाई भैसि बाँधेको गोठमा जान समेत प्रतिबन्ध छ । तर यो अन्धविश्वासलाई चुनौति दिदै डोटिको कलेना गाविसका केहि दलित समुदाय आफैले भैसि पालेर दुध विकि्र गरि आम्दानी लिन थालेका छन् ।
कलेना गाविस ३ का गजेन्द्र विकले चार महिना अघि १५ हजार रुपैयाँमा लहिनो भैसि किनेका छन् । उनको भैसिले अहिले दैनिक ८ लिटर दुध दिन्छ । त्यो दुध उनी ३० रुपैया प्रतिलिटरका दरले विकि्र विकि्र गर्छन् । गाउँमा गजेन्द्रसँगै अन्य सात जना दलित समुदायले भैसि पालेका छन् । उनीहरु मध्ये तीन जानाको भैसिले दुध दिन्छन् । बाँकिको भैसि ब्याउने छन् । गजेन्द्र भन्छन्-ुपहिला माथिल्ला जातिले हामीलाई दलित भनेर गाई भैसि बाँधेको गोठमा जान दिदैनथे । हामीले दुध समेत खान पाउदैैनथ्यौ । अहिले हामीहरु आफैले भैसि पालेका छौ । भैसिको दुध बेचेर आम्दानी गरिरहेका छौ । कसैका भैसि विरामी पनि भएका छैनन र मरेका पनि छैनन् ।
कलेनाकै ५० बर्षिय गंगा देवी कामीले समेत भैसि पालेकि छिन् । उनी दैनिक ४ लिटर दुध बजारमा लगेर विकि्र गर्छिन । उनको ५ जनाको परिवार छ । आम्दानीको अर्काे श्रोत नभएका कारण उनको परिवार अहिले भैसिको दुधको विकि्रबाट हुने आम्दानीको भरमा पालिएको छ । यसरी भैसिबाट आम्दानी हुन थालेपछि गंगादेवी निकै उत्साहित भएकी छिन् । उनी भन्छिन्-हामीलाई पानी नचल्ने जात भन्थे । तर अहीले हाम्रा भैसिका दुध पनि मान्छेले किन्न थालेका छन् । हामी निकै खुसी छौ ।
यहाँका दलित समुदाय आर्थिक रुपमा विपन्न छन् । विपन्न समुदायको आय आर्जनमा सहयोग पुर् याउन यहाँ गरीवि निवरण कोषले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ । कलेनाका ७ घर दलितले यही सहयोगवाट भैसि पाल्ने अवसर पाएका हुन ।
कलेना गाउँ डोटि सदरमुकाम सिलगडिबाट करिव एक घण्टाको दुरीमा रहेको छ । बजार नजिकै भएकोले यहाँ दुध बिकि्रका लागि अहिलेसम्म त्यति समस्या छैन । यहाका उत्पादीत दुधको ग्राहक दलित मात्रै छैनन गैरदलित समुदायले समेत यो दुध किन्ने गरेका छन् । स्थानीय गोरख विष्ट भन्छन्- गैरदलितसँग भन्दा दलितहरुले ल्याएको राम्रो हुन्छ । उनीहरुले पानी नमिलाएको राम्रो दुध ल्याउँछन् । त्यसैले हामीले दलितहरुसँग दुध किनेका हौ । फेरी अहिलेको समयमा सबै मानिस समान हो जातका आधारमा कोहि ठूलो हुदैन । दलितले ल्याएको दुध नखाने त कुरै भएन ।
डोटीमा यसरी दलित समुदायले भैसि पाल्नु आफैमा एउटा ठूलो परिवर्तन हो । त्यसमाथि पनि गैरदलितले उनीहरुबाट दुध खरिद गर्न थालेपछि त जातिय छुवाछुतमा कट्टर मानिएको यहाँ सामाजिक जागरणमा समेत पुगेको बताउदै फेकोफन डोटीका कार्यक्रम संयोजक तीर्थराज जोशी भन्छन्-यस्ता अभियानलाई अझ शसक्त बनाएर लैजानु आवश्यक छ ।
कलेनामा दलित समुदायको बाहुल्यता छ । गाउँमा रहेका सबैजसो दलित समुदाय भूमिहिन छन् । उनीहरुले पुस्तौंदेखि भॊगचलन गर्दै आइरहेको जमिनमा उनीहरुको स्वामित्वमा छैन् । यहाँ सम्मकी उनीहरु बसोवास गरिरहेको घर समेत उनीहरुको आफनो नाममा छैन् । गाउँकै माथिल्लो जातिको जमिनमा घर छ । उनीहरुकै जमिन अधियामा कमाएर यहाका दलित समुदायको जीविका चलेको छ । यसरी भैसि पालेर अम्दानी लिन थालेपछि एकातिर उनीहरुको आर्थिक अवस्थामा केहि सुधार आएको छ भने अर्काे तिर सामाजिक रुपान्तरणको लागि समेत यसले सहयोग पुगेको छ ।

1 comment: